पहिलो दिन ‘छक्का पञ्जा ३’ले कति कमायो ?

काठमाडौं । यसबर्षको सर्वाधिक प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ बम्पर ओपनिङ्ग गरेको छ । प्रदर्शनको पहिलो दिनमै यो मल्टीस्टारर फिल्मले झण्डै डेढ करोडको कलेक्सन गर्न सफल भएको छ ।

निर्माता दिपकराज गिरीका अनुसार ‘छक्का पञ्जा ३’ ले घटस्थापनामा करिब एक करोड तीस लाखको ग्रस कलेक्सन गरेको छ । ्तर यो नै चलचित्रको एकिन कमार्ई भने नभएको निर्माता गिरीको भनाई छ । ‘प्रदर्शनको पहिलो दिन एक करोड तीस लाखको कलेक्सन गर्यो होला भन्ने हाम्रो अनुमान हो ।’ ‘छक्का पञ्जा २’ ले प्रदर्शनको पहिलो दिन एक करोड ५३ लाखको ग्रस कलेक्सन गरेर किर्तिमानी बनाएको थियो । ‘बिदा नपर्दा पनि ‘छक्का पञ्जा ३’ ले गरेको यो व्यापार रेकर्ड नै हो’, उनको भनाई छ ।

आमा सरस्वती मुभिज र आइएमइको ब्यानरम बनेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भाञ्जा’, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाइँ ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशब न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक गीत र ट्रेलरलाई पनि दर्शकहरुले खुब रुचाएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…