चन्द्रागिरी केवलकार दशैंमा पनि खुल्ने

काठमाडौं ।  दशैंमा चन्द्रागिरी केवलकार दशैंमा पनि खुल्ने भएको छ । चन्द्रागिरी हिल्स प्रा.लिका महाप्रबन्धक अभिषेक विक्रम शाहले दशैं, तिहार लगायतका चाडपर्वमा केवलकार खुला रहने जानकारी दिनुभएको छ ।

जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम ‘कर्पोरेट टक’मा प्रकाश विशुन्केसँग महाप्रबन्धक शाहले दशैंमा परिवारसँग घुम्न चाहनेहरुको मनोकाँक्षा पूरा गर्न केवलकार खुला गर्न लागिएको बताउनुभयो । ‘काठमाडौंमै रहनेहरुको घुमघाम गर्ने चाहना पुरा होस् भनेर खोल्ने निर्णय गरेका हौ’ उहाँले भन्नुभयो, ‘दशैंमा घुम्न चाहनेहरु चन्दागिरी आएर केवलकारमा रम्नुहुनेछ भन्ने आशा छ ।’

नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) को कोषाध्यक्षसमेत रहनुभएका शाहले चन्द्रागिरीमा पछिल्लोसमय भारतीय पर्यटक समेत आउन थालेको जानकारी गराउनुभयो । चन्द्रागिरीमा लिइने शुल्क, बजारमा हल्ला चले जस्तो महंगो नभएको शाहको भनाई छ ।

चन्द्रागिरी हिल्सले नयाँदिल्लीमा आयोजित १४औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै ‘उत्कृष्ट पर्यटकीय गन्तव्य अवार्ड’ समेत पाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…