ग्याङफाइटमा मृत्यु, आफन्तद्वारा शव प्रदर्शन

राजविराज । युवाबीच भएको ग्याङ फाइटमा युवकको मृत्यु भएपछि आफन्तले शव बोकेर प्रदर्शन गरेका छन् ।

बुधबार भएको ग्याङ फाइटमा गम्भीर घाइते राजविराज–१ डुमरी शिवथानका २५ वर्षीय प्रेम यादवको उपचारक्रममा आज मृत्यु भएपछि आफन्तले शव प्रदर्शन गरेका हुन् ।

गम्भीर घाइते यादवलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएपछि आफ्न्तले दोषीमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् । जयप्रकाब यादव, आनन्दकुमार यादव, नागेश्वर यादव, राजराम, ओमप्रकाश यादव, सञ्जय यादव, धर्मेन्द्र यादव मन्जेस सिंह, मिथलेश यादव र सरोज यादवले छोराको हत्या गरेको मृतकका बाबु भनालालको आरोप छ ।

सप्तरीका डिएसपी भावेश रिमालले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो । घटनामा संलग्नहरु पक्राउ परेका छैनन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…