४० हजार घुससहित पक्राउ

वीरगञ्ज । विद्यालय भवन निर्माणको रकम निकासा गरिदिन ४० हजार रुपैयाँ घुस लिएको आरोपमा पर्साका शिक्षा विकाश समन्यव इकाइ प्रमुख लालबाबु प्रसाद साह पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट आएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिल अवास क्षेत्रस्थित साहको क्वार्टरबाटै रकम लिँदै गर्दा पक्राउ गरेको हो । क्वार्टरमै निर्माण समितिका पदाधिकारी बोलाएर घुस बापतको रकम लिँदै गर्दा अख्तियारको टोली कोठामा प्रवेश गरेपछि प्रमुख साहले पैसाको बिटो मूलगेटतर्फ फालेका थिए ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको भवन निर्माण गरिरहेको निर्माण समितिसँग तेस्रो किस्ताबापतको रकम निकासाका लागि ४० हजार रुपैयाँ घुस मागेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…