‘फेस्टिभ मुड’को भूमरीमा नेपाली राजनीति

संविधानको मर्म र भावनाभन्दा दाँयाबाँया सोच्ने छुट सत्ता पक्षलाई हुँदैन । त्यसैगरी, प्रतिपक्ष कांग्रेसीजनले यतिबेला जनताले दिएको हैसियतलाई आनाकानी नगरी स्वीकार गर्न जरुरी छ । यतिबेला जनताको चाहनाविरुद्ध बाधा अड्चन खडा गरेर उसको हैसियत बढ्दैन । त्यसो गर्न छाडेर रचनात्मक भूमिका निर्वाह गर्ने र संसदमा त उदाहरणीय रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नमा केन्द्रित गर्न पर्छ । मधेसकेन्द्रित दलहरुका लागि आजसम्मको दुई नाउको खुट्टा अब पुनर्विचार गर्नुपर्दछ ।

आरम्भः
वर्षा ऋतुको अन्त्यसँगै नेपाली समाजमा चाडवाडको बाढी लाग्ने गर्छ । दशैँ, तिहार, छठ, नेपाल सम्वत नेपाली मात्रका चाडमध्ये पनि महान चाडका रुपमा मनाइन्छ । चाडको वर्षा विधिवत घटस्थापनाका दिनदेखि आरम्भ भएको छ । यो चाडलाई आजभोलि नयाँ फेशनसरी चियापान तथा शुभकामना आदानप्रदान गर्ने क्रमसँगै विकास भएको छ । नेपाली चाडवाड रमाइला त छँदै छन् । यसैको बहानामा चाडवाडको मौका छोपी नेपाली राजनीतिले पनि कोल्टे फेर्ने गरेको इतिहासको विरासत पनि ताजै छ ।

जात्रा मनाएको मौका छोपेर पृथ्वीनारायण शाहले उपत्यकामा आक्रमण गरेको घटना आज पर्यन्त पनि नेपाली राजनीतिमा अर्थपूर्ण मानिन्छ । यही र यस्तै शैलीमा ‘फेष्टिभ मुड’को मौका छोपेर ज्ञानेन्द्रले सत्ता हातमा लिने काण्डदेखि, पारसलाई अधिराजकुमार घोषणा गर्न सम्म गर्न भ्याए । यही पदचाप पछ्याउदै गणतन्त्रपश्चात पनि सरकार बर्खास्त गर्ने असफल इच्छा तात्कालीन राष्ट्रपतिले पनि नराखेका होइनन् । त्यसैले चाडवाडको यो मौसम आम जनताका लागि रंगरमिताको अवसर हो भने शासकका लागि आफना स्वार्थसिद्ध गर्ने उपयुक्त अवसर पनि हो भन्ने इतिहासले नै पुष्टि गरिसकेको छ । इतिहासको त्यो पक्ष खोतल्ने यो आलेखको आसय होइन । केवल यस आलेखमा चाडवाडको यो अवसरमा राजनीतिक माहौल समीक्षासम्म गर्न खोजिएको छ ।

विषय प्रवेशः
चाडवाडको मौसम छ । मौसमको चिस्यान आरम्भ हुँदै गर्दा राजनीतिक गर्मागर्मी शुरु भएको छ । भर्खर संघीय संसदको पहिलो अधिवेशन समापन भएको छ । तिनै तहका संसद र सरकार आफ्ना रफ्तारमा काम गरिरहेका छन् । राजनीतिक दलको रापताप झन बढेको छ । आम जनताको चाहना विकास र समृद्धिको अभियानले गति लेओस भन्ने छ । सत्तापक्षको योजना पार्टी एकीकरणलाई अन्तिम रुप दिनमा केन्द्रित छ । प्रतिपक्ष भने संसदमा आफनो प्रभावकारी उपस्थिति नदेखिएको समीक्षा गर्दै त्यसका लागि पहिला पार्टी व्यवस्थित गर्न पर्ने र त्यसका लागि पार्टीलाई संघीयकरण गर्दै आगामी महाधिवेशनको हिसाबकिताबसहित कसरी सरकारलाई अप्ठारोमा पार्न सकिन्छ भन्ने अक्कल खोज्दै तदनुकुलको योजना बनाउँदै चाडवाडलाई उपयोग गर्ने अभियानमा छ । मधेस केन्द्रित दलहरु पनि सिके राउतको गतिविधि बढ्न थालेदेखि नै आफनो आङ कन्याउन शुरु गरेका छन् । संसद सकिएको एक हप्तापछि सरकार छाडन सक्ने संकेत गर्दै ज्ञापन पत्र वुझाउने हदसम्म पुगेका छन् । यिनै विषयको चर्चा गर्ने यस आलेखको आशय छ ।

सत्तापक्षका दुःख
पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको छ । विकास र समृद्धि जनताको चाहना निर्वाचनका बखत तयार गरेको चुनावी घोषणापत्र जनताले अनुमोदन गरिसकेका छन् । अब त्यसलाई कार्यान्वयन गरेर जनताको अपेक्षा पूरा गर्नेबाहेक अर्को प्राथमिकताको विषय उसका लागि छैन । कार्यसूची प्रष्ट भइसकेपछि कार्यान्वयनमा अलमल नहुनु पर्ने हो । तर सत्ताधारी दलको अलमल भेउ नपाउने प्रकृतिको छ । संविधानले लोकतान्त्रिक समाजवादको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यही संविधानको रक्षा गर्दै त्यसैलाई प्रयोग गरेर समाजवादको आधार तयार गर्ने अवसर सत्तारुढ पार्टीका समर्थक शुभचिन्तक सबै नेपालका कम्युनिष्टलाई प्राप्त छ । जनताको चाहनाको विषय बनेको देशको विकास उसको आफनो कार्यभार बनेको हो । इतिहासले नै यो अवसर जुटाइदिएको छ कि जिन्दगीभर जनता जे चाहन्छन्, त्यो गर्न नसकिने जनता जे चाहँदैनन । त्यो गर्नैपर्ने विरासतबाट मुक्ति मिलेको छ । यस्तो अवसरको उपयोग गर्दै आफनो लक्ष्यमा पुग्ने मार्गचित्र कोर्नु र आफैँले कोरेको मार्गचित्रमा सयर गर्नु कसका लागि मज्जाको विषय हुँदैन र जो अवसर कम्युनिष्ट पार्टीले प्राप्त गरेको छ । तर चिज त्यसरी विकास भएको छैन । दुई तिहाइको सरकार परिणाममा देखिने गरी जनताको मन जित्न सकेको छैन भन्ने टिप्पणी विपक्षीबाट त आएकै छन्, स्वयम् नेताहरु नै सन्तुष्ट नभएका खबरहरु बग्रेल्ती छन् । नेताहरुका अभिव्यक्ति स्वयम् चिज त्यसरी विकास भएको छैन भन्ने आधार मान्न सकिन्छ । सरकार, सरकार जस्तो बनेन भने जनताका अपेक्षा पूरा हुने कल्पना गर्न सकिन्न ।

दुई तिहाइको सरकार हुँदा पनि प्रहरीले सहयोग गरेन वा कर्मचारी खटाएको ठाउँमा गएनन् वा ठेकेदारले टेरेनन् वा पार्टीकै साथीहरुले सहयोग गरेनन वा मन्त्रीहरुले सहयोग गरेनन जस्ता अभिव्यक्ति र सन्देशहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष स्वयम्बाट आउने कुराले पनि चिज सहज ढंंगले अघि बढेको छैन भन्ने नै देखिन्छ । यसो हुनुको मुख्य कारण पंक्तिकारका दृष्टिमा पहिलो र प्रमुख कारण पार्टी सम्हालिएको छैन भन्ने नै हो । पार्टी एकीकरणको प्रक्रियाले अनपेक्षितरुपमा लामो समय लियो । झण्डै एक वर्ष पार्टी छन्–पार्टी छैनन् भन्ने अवस्थाबाट नेपाल कम्युनिष्ट पार्टी गुज्रियो । पुराना पार्टीहरु भत्किए, नयाँ बनिसकेको छैन । यो संक्रमणकालीन परिवेश नेपाली समाजका लागि पनि पीडादायी छँदैछ । नेपाल कम्युनिष्ट पार्टीका लागि त झन बढी पीडादायी बनेको छ । यो समस्यालाई समाधान गर्न पार्टीको राजनीतिक वैचारिक लाइन प्रष्ट गर्ने र सो लाइन बमोजिमको सांगठनिक एकताको प्रक्रियालाई तिव्रतामा लैजाने र तिनै संगठनले योजना तर्जुमा गरी जनसेवामा जुटने गर्न नसक्दासम्म सत्तापक्ष आफनो दुःखबाट पनि मुक्त हुँदैन । देश र जनता पनि दुःखबाट पार पाउँदैनन । त्यसैले वैज्ञानिक समाजवादको स्कुलिङबाट हुर्केका कम्युनिष्टहरु भए पनि संविधानमा उल्लेख भएको लोकतान्त्रिक समाजवादको कार्यान्वयन गर्नुछ । लोकतान्त्रिक समाजवाद व्याख्या गर्दै पार्टी एकीकरण बखत तयार गरेको राजनीतिक प्रतिवेदनलाई आधार मान्दै र चुनावी घोषणापत्रमा व्यक्त प्रतिवद्धतालाई कार्ययोजनामा ढाल्दै अघि बढ्नुमा नै यतिबेलाका सबै दुःखबाट मुक्त हुने अवसर हुनेछ । कम्युनिष्टले मेहनत गर्दा संविधानमा लेखिएको लोकतान्त्रिक समाजवाद वैज्ञानिक समाजवादमा परिणत हुनेछ । मेहनत नगर्दा पुँजिवादी समाजवादमा फर्कने खतरा छ । त्यसैले सत्तापक्षका समस्या समाधान वैचारिकरुपमा स्पष्ट हुने स्पष्ट विचारका आधारमा पार्टी संगठनलाई व्यवस्थापन गर्ने र व्यवस्थित पार्टी संगठनका आधारमा कार्यक्रम सञ्चालन गर्ने रोडम्याप बनाउन जरुरी छ ।

जात्रा मनाएको मौका छोपेर पृथ्वीनारायण शाहले उपत्यकामा आक्रमण गरेको घटना आज पर्यन्त पनि नेपाली राजनीतिमा अर्थपूर्ण मानिन्छ । यही र यस्तै शैलीमा ‘फेष्टिभ मुड’को मौका छोपेर ज्ञानेन्द्रले सत्ता हातमा लिने काण्डदेखि, पारसलाई अधिराजकुमार घोषणा गर्न सम्म गर्न भ्याए । यही पदचाप पछ्याउदै गणतन्त्रपश्चात पनि सरकार बर्खास्त गर्ने असफल इच्छा तात्कालीन राष्ट्रपतिले पनि नराखेका होइनन् । त्यसैले चाडवाडको यो मौसम आम जनताका लागि रंगरमिताको अवसर हो भने शासकका लागि आफना स्वार्थसिद्ध गर्ने उपयुक्त अवसर पनि हो भन्ने इतिहासले नै पुष्टि गरिसकेको छ ।

प्रतिपक्षका दुःख
प्रतिपक्षका दुःख बयान गरी साध्य छैन । चुनावमा अनपेक्षित हार बेहोरेको छ । धरातलीय यथार्थतामा वामपन्थीको दुई तिहाइ मत भए पनि वामपन्थीको टुटफुटको फाइदा उठाउदै शासन सधैँ कांग्रेसले नै गरिआएको साँचो हो । यसैको निरन्तरता ऊ चाहन्थ्यो । उसका लागि दुर्भाग्य यसपटक यो अवसर नेपालका वामले कांगेसलाई दिएनन् । कांग्रेसको जे हैसियत थियो, त्यसैमा खुम्च्याइदिए । अल्पमतमा भइकन सधैँ सत्ताधारी भएको कांंग्रेस यतिबेला जनताले दिएको हैसियतमा बस्न कठिन मानिरहेको छ । यसैका कारणले कांग्रेसभित्र कलह आरम्भ भएको छ । कसका कारण यस्तो भयो भन्दै आरोप प्रत्यारोपमा उत्रँदै ऊ मस्त छ ।

आफ्नो पार्टी संघीयकरण गर्ने कुरा संविधान जारी भएको तीन वर्ष बित्दा पनि उसले गर्न सकिराखेको छैन । संसदको गणित उसलाई राम्रो छ । तैपनि यो सरकारको आयु तोक्दै हिँडेको छ । यसको अर्थ अस्थिरता कांग्रेसको आदत ऊ आफैँका कर्मले पुष्टि गर्दैछ । सही अर्थमा अवरोध सिर्जना गर्नेबाहेक कांग्रेस जस्तो संसदीय राजनीतिको मसिहा पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन । कांग्रेसको संसद भित्र र बाहिरको भूमिकाले यो भन्न करै लाग्छ कि ऊ आफूले सत्ता गुमाउन पर्दाको पीडाबाट उत्पन्न रोइलो व्यक्त गर्नेबाहेक अरु केही गर्न सकेको छैन । विकास र समृद्धिको चाहना नेपाली जनताको सपनामाथि राजनीतिक खेलवाड र दाउपेचबाहेक केही हुने छाँट प्रतिपक्षको गतिविधि हेर्दा देखिएको छैन ।

मधेसकेन्द्रित दलहरुका दुःख
मधेसी दलहरुका आफ्नै पीडा छन् । पकड भएका क्षेत्रमा आफ्नै सरकार छ । उसैले केन्द्रको सरकारलाई समर्थन दिएको छ । मधेसमा हर्ताकर्ता सत्ताधारी केन्द्रमा समर्थक सत्ताधारी मधेसीको यतिबेलाको वैधानिक पहिचान हो । तर मधेसीका आनीबानी उस्तै छन् । जनताका अपेक्षा पूरा गर्नेतर्फ उसको ध्यान मधेसमा पनि छैन, केन्द्रमा पनि छैन । आफनो पकड क्षेत्रमा आन्दोलन उठाउन होइन सत्ताधारी भएका कारणले दबाउन पर्ने भएको छ । पकड नभएको क्षेत्र केन्द्रमा सत्ता समर्थक भएका कारण पनि प्रभाव कम भएकाले आन्दोलन गर्न ताकत नपुग्ने अवस्थावाट गुज्रिएको छ । आफैँले प्राप्त गरेको सत्ता नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तो अवस्थामा उनीहरु पुगेका छन् ।

गरिबी, बेरोजगारी, अविकास र अशिक्षा जस्ता सबै मामलामा मधेस पछि परेको छ । यही क्षेत्रमा मधेसीको आफ्नै सरकार छ । यति हुँदा पनि त्यहाँका समस्या समाधान गर्ने दिशातर्फ उनीहरुको पनि ध्यान छैन । ध्यान छ त, केबल केन्द्र सरकारसँग कसरी निहुँ खोज्ने, संविधानसँग बाझिने काम कारबाही थालनी कसरी गर्नेसमेतका कारणले केन्द्रसँग कसरी भिडन्तको वातावरण तयार गर्ने भन्ने सोचमा मात्रै मधेस छ भन्ने आरोप स्वतन्त्र विश्लेषकहरुले लगाउने गरेका छन् । यसले मधेसका जनताको समस्या पनि हल गर्दैन । मधेसी जनताको दिलैदेखिको विकास र समृद्धिको चाहना पनि पूरा गर्दैन । संविधान अस्वीकारेको शक्ति त्यसै संविधानका अधारमा निर्वाचनमा भाग लिएरै निर्वाचनमार्फत सरकारको नेतृत्व गरिराखेको छ । यसो हुँदा वैधानिक सरकारको पहिलो कर्तव्य संविधानको पालना र कार्यान्वयन हो । व्यवहारमा संविधानको स्वीकारोक्ति समर्थन र कार्यान्वय गरे पनि औपचारिक रुपमा अब संविधानप्रतिको दृष्टिकोण यही हो भन्न ऊ सकिराखेको छैन । यस्तो किंकर्तव्य विमुढको अवस्थामा मधेसी छन् ।

जनताको अपेक्षा बेवारिसे
सत्तापक्ष प्रतिपक्ष र मधेसीका आआफ्नै दुःख छन् । उनीहरु आफना दुःखबाट मुक्त नभएसम्म जनताका दुःख मेटनेतर्फ ध्यान केन्द्रित गर्न कठिन छ । जनताका अपेक्षा रखबारी गर्ने कुरा केबल कल्पना मात्रै होला, व्यवहारमा यस्तै भइराखेको छ । यसो हो भने जनताका अपेक्षा यतिबेला बेवारिसे बन्ने खतरा छ । तिनै पक्षले आफना दुःखबाट पार पाउने साझा विन्दु र बाटो जनताको अपेक्षा पूरा गर्ने कार्यक्रम बनाउन जरुरी छ । यसो नगरी जनताका अपेक्षा बेवास्ता गर्दै आफनै दुःखमा पिरोलिरहने हो भने यसले देश र जनताको हित नगर्ने त पक्कापक्की नै छ । उनीहरु आफ्नै हितसमेत गर्ने छैन । निर्वाचनका बखत गरेका वाचाले पार्टी जिस्काइरहेका छन् । निर्वाचन पाँच वर्षपछि फेरि पनि आउँछ भन्ने कुराको हेक्का हरहमेसा राख्न जरुरी छ । एकपटक प्राप्त जनमत सदाका लागि होइन भन्ने पटकपटक सम्झन जरुरी छ । जनतालाई के भनिएको थियो र आज उनीहरु के भोग्दै छन् भन्ने चित्र सदा दिमागमा राख्न जरुरी छ । जनताविनाको नेता र जनताविनाको पार्टी सही अर्थको पार्टी हुँदैन भन्ने हेक्का राख्दै जनताको अपेक्षा उपेक्षामा परिणत गर्ने गल्ती कहीँ कतैबाट पनि हुन हुँदैन ।

अन्त्यमा
त्यसैले सत्तापक्ष आफना समस्याको समाधान ढिला नगरी गर्ने र आफूलाई सम्हाल्दै जनताका अपेक्षा परिपूर्ति गर्ने दिशामा ध्यान केन्द्रित गर्ने बेलामा केही बेमौसमी हल्ला पनि बाहिर आउने गरेका छन् । विकास र समृद्धिलाई अर्जुनदृष्टि बनाउने र सोको कार्यान्वयन गर्नेबाहेक अर्को कुरा यतिबेला सोच्न पनि हुँदैन । सत्तापक्षले यति मात्रै गरेर पुग्दैन उसले आफनो पार्टी समाल्ने, पार्टी सम्हाल्ने मात्रै होइन, अरुका लागि उदाहरणीय पार्टी पनि बन्ने प्रयत्न गर्न जरुरी छ । अरु भन्दा पारदर्शी अरुभन्दा समावेशी अरु भन्दा सहभागितामूलक र लोकतान्त्रिक बन्नै पर्छ । सत्ताधारी पार्टी संविधानको रक्षा र विकासका लागि नेतृत्वकर्ता नै बन्न जरुरी छ ।

संविधानको मर्म र भावनाभन्दा दाँयाबाँया सोच्ने छुट सत्ता पक्षलाई हुँदैन । त्यसैगरी, प्रतिपक्ष कांग्रेसीजनले यतिबेला जनताले दिएको हैसियतलाई आनाकानी नगरी स्वीकार गर्न जरुरी छ । यतिबेला जनताको चाहनाविरुद्ध बाधा अड्चन खडा गरेर उसको हैसियत बढ्दैन । त्यसो गर्न छाडेर रचनात्मक भूमिका निर्वाह गर्ने र संसदमा त उदाहरणीय रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नमा केन्द्रित गर्न पर्छ । मधेसकेन्द्रित दलहरुका लागि आजसम्मको दुई नाउको खुट्टा अब पुनर्विचार गर्नुपर्दछ । संविधान संशोधनका लागि सत्ताधारी दललाई कन्भिन्स गर्दै संविधानलाई परिमार्जन र विकास गर्दै यसै संविधानमातहत मधेसी जनतालगायत सबै नेपाली जनताको हित र कल्याण सम्भव छ भन्ने सन्देश दिन कन्जुस्याइँ गर्न हुँदैन । सत्तापक्ष प्रतिपक्ष र मधेसकेन्द्रित दल सबैको धेय विकास र समृद्धिलाई बनाउदै राष्ट्रहित र राष्ट्रनिर्माणको माध्यमबाट मात्रै जनताको हित र सेवा हुनेछ भन्ने सत्यलाई एकपटक स्मरणः गर्न जरुरी छ ।

निर्वाचन पाँच वर्षपछि फेरि पनि आउँछ भन्ने कुराको हेक्का हरहमेसा राख्न जरुरी छ । एकपटक प्राप्त जनमत सदाका लागि होइन भन्ने पटकपटक सम्झन जरुरी छ । जनतालाई के भनिएको थियो र आज उनीहरु के भोग्दै छन् भन्ने चित्र सदा दिमागमा राख्न जरुरी छ । जनताविनाको नेता र जनताविनाको पार्टी सही अर्थको पार्टी हुँदैन भन्ने हेक्का राख्दै जनताको अपेक्षा उपेक्षामा परिणत गर्ने गल्ती कहीँ कतैबाट पनि हुन हुँदैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…