ब्याज बढाए पनि ३५ अर्ब अभाव

काठमाडौं । बजारमा ३५ अर्ब रुपैयाँ बराबरको तरलता देखिएको छ । साउन यता बैंकहरुले ३९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । तर ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सन्तुलन नहुँदा लगानीयोग्य रकम अभाव देखिएको हो ।

तरलता अभाव भएपछि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । नेपाल बैंकर्स सङ्घको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म ब्याज दिने समझदारी गरेको हो । २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी बैठकले ब्याज बढाएको हो ।

व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा १० प्रतिशतसम्म ब्याज दिन बैंकहरु तयार भएका हुन् । केही बैंकले निक्षेप तान्न बचत खाता र मुद्दती खातामा बढी ब्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई फाइदा नै भएको थियो । यद्यपि बैंकहरुमा देखिएको तरलता पूर्ति हुन सकेको छैन ।

बैंकहरु साधारण बचतमा सात प्रतिशत र मुद्दतीमा १० दशमलव ५० प्रतिशतसम्म ब्याज दिने समझदारी बैंकहरुबीच भएको थियो । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी ब्याज दिएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…