टोमारको बिष्फोटक ब्याटिङ, धनगढीलाई १ सय ८१ रनको चुनौती

लक्ष्मण शर्मा
कास्की । पोखरा प्रिमियर लिगक्रिकेट अन्तर्गत अहिले काठमाडौं रोयल्स र एक्सपट धनगढीको खेल भइरहेको छ ।
टस जीतेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८१ रन बनायो । काठडमौंका लागि भारतीय खेलाडी गौरभ टोमारले सर्वाधिक९५ रन बनाए । टोमार ५ रनले शतकियपारी खेल्नबाट चुके । नरेश बुढायरले नटआउट ३६ रनको योगदानदिए, अमर राउटेल्ला २ रनमाअविजीत रहे । काठडौंकाअमितश्रेष्ठले १२ र जयकृष्ण कोलशवालले २५ रन बनाए । धनगढीका सागर ढकाल र पेटेर ट्रेगोले समान एक एकविकेट लिए ।
यसअघि आजै भएको पहिलो खेलमाबुटवल ब्लास्र्टसले चितवन टाइगर्सलाई ७० रनले हराएको छ । टस हारेर पहिलाब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा १ सय ३५ रन मात्रबनाएको थियो । बुटवलका लागि सागर पुनले ४६ र शंकर रानाले ४८ रनको योगदान गरे । बुटबलकाचिराग सुरी १, रोहन मुस्ताफाशुन्य रनमै आउट भए । सिद्धान्तलोहनी १७ र सोमपालकामी ६ रनमा नटआउट रहे । चितवनका करन केसीले ४ ओभर वलिङ गर्दै २२ रन दिएर २ विकेट लिए ।
शक्तिगौचन र रामनशेर गिरीले एक एकविकेट लिए । १ सय ३६ रनको चुनौतीका साथ मैदानमाउत्रेको चितवनलाई बुटवलले १६.५ ओभरमा ६५ रनमासिमित गर्यो । बुटवलका सोमपालकामीएक्लैले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १३ रन दिए । बुटवलका ललितसिंह भण्डारीले २ विकेट लिए, भण्डारीले ३ ओभर बलिङ गर्दा १४ रन खर्चिए ।