Logo फाल्गुन १६, २०७७ आइतबार


काठमाडौंले दियो बुटवललाई १ सय ७३ रनको चुनौती

लक्ष्मण शर्मा
कास्की । नरेश बुढाएरको अर्धशतकिय पारीसँगै पीपीएल क्रिकेटमा हुलास काठमाडौंले बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको विजयी लक्ष्य पेश गरेको छ । टस जीतेर ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाउन सक्यो । काठमाडौंका लागि नरेश बुढायरले ५८ रनको अर्धशतकिय पारी खेले । २८ बल खेलेका बुढायरले ३ चौका र ५ छक्का प्रहार गर्दा नटआउट रहे । जयकिसान कोल्सायलले ४५ रनको योगदान दिए । पवन सराफ २२, गौरभ तमोरले ११ र ज्ञानेन्द्र मल्ले नटआउट २५ रन बनाए ।

बुटवलका लागि बिपिन कार्कीले २ विकेट लिए । रोहन मुस्ताफा र संसद शेखले समान एक एक विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा दिपेन्द्रसिंह ऐरीको कप्तानी पारीसँगै एक्सपर्ट धनगढी ब्लुजले घरेलु टिम पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । बलर चम्केको खेलमा अन्तिम समय दिपेन्द्रले आफ्नो ब्याट कौशल प्रदर्शन गर्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भए ।

टस हारेर पहिला फिल्डिङ गरेको धनगढीका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि पोखरालाई निर्धारित २० ओभरमा १ सय ४४ रनमा रोक्न सफल भयो । पोखराले १ सय ४४ रन बनाउन ८ विकेट गुमाएको थियो । कमलसिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै २३ रन खर्चेर ४ विकेट लिए ।

१ सय ४५ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको धनगढीको सुरूवात राम्रो हुन नसके पनि अन्तिम समयमा कप्तान ऐरीले खेललाई आफ्नो पक्षमा पार्न सफल भए । धनगढीका ओपनर दिलिप नाथ ४ र सुवेन्दु पाण्डे २२ रनमा आउट भए । ५३ रनको योगदान गरेका पीडी ट्रेगोले बलिङमा पनि राम्रो प्रदर्शन गरे । कप्तान दिपेन्द्रसिंह ऐरी ४९ रनमा नटआउट रहे ।

पोखराका लागि रासिद खानले सर्वाधिक ४ विकेट हात पारे । ४ ओभर बलिङ गरेका खानले २४ रन खर्चे । पोखराका लागि ललित राजवंशीले २ र बिक्रम भुषालले २ विकेट लिए । टस जीतेर ब्याटिङ गरेको पोखराका लागि आरिफ सेखले २३, रविन्दै सिंहले २८ र राहित पौडेलले ३१ रन बनाए । पोखराका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

धनगढीका पीढी टे«गो, डेन लोयर्स र रोबिन क्षेत्रीले समान एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच दिपेन्द्रसिंह ऐरी नै घोषित भए । पाँच खेलमा तीन खेल जीतेको धनगढीले नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…