रेशम चौधरीको मुद्दामा सरकार बोलेन, समर्थन फिर्ता हुन्छः कर्ण (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले तिहार र छठलगत्तै सरकारलाई दिइएको समर्थन फिर्ता लिइने बताउनु भएको छ ।

तर समर्थन फिर्ता लिए पनि शान्तिपूर्ण ढंगले सदनबाटै विरोध गरिने उहाँको भनाइ छ । संविधान संशोधन र रेशम चौधरीको मुद्दा फिर्ता लिने एजेण्डाकासाथ सरकारलाई समर्थन गरेको राजपालाई सरकारले आश्वासन मात्र दिएकाले बाध्य भएर समर्थन फिर्ता लिने निष्कर्षमा आफूहरु पुगेको उहाँले जिकिर गर्नु भयो ।

सदनबाट पनि माग सम्बोधन नभए राजपा बाध्य भएर सडकमा जाने उहाँको चेतावनी छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा समाचार सम्पादक प्रतिमा चौधरीसँग कर्णको सम्वादः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…