चितवनलाई विराटनगरको १ सय ४६ रनको चुनौती

कास्की । पीपीएल क्रिकेटमा विराटनगर टाइटन्सले चितवन राइनोजलाई जीतका लागि १ सय ४६ रनको चुनौती पेश गरेको छ ।
टस जीतेर ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो । विराटनगरका मोहम्मद जाइद आलमले लगातार तेस्रो खेलमा अर्धशतक पार गरे । ५१ रन बनाएका आलमले ६ चौका र २ छक्का प्रहार गरे ।
सुनिल धमला ४७ रनमा आउट भए । प्रदीप ऐरी ११ रनमा आउट हुँदा पुष्प थापा ११ र राजेश पुलामी मगर ८ रनमा अविजित रहे । चितवनका एसके पटेल र पारस खडकाले समान २ विकेट लिदा करन केसीले १ विकेट हात पारे ।
यसअघि आजै भएको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौंलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ । अहिलेको खेलपछि अघिल्लो चरण प्रवेश गर्ने अन्य टिमको पनि टुङगो लाग्नेछ ।