Logo फाल्गुन १६, २०७७ आइतबार


चितवनद्वारा विराटनगर ४ विकेटले पराजित

कास्की । अन्तिम समयमा आएर सन्नी पटेलको आक्रामक ब्याटिङ गरेपछि चितवन राइनोज पीपीएल क्रिकेटको अघिल्लो चरणमा प्रवेश गरेको छ । निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा पटेलले २४ बल खेल्दै ५१ रनको नटआउट अर्धशतकिय पारी खेल्दै ४ विकेटको जीत निकाले । ५१ रन बनाउन उनले ४ चौका र ४ छक्काको सहयोग लिए । आरिफ सेखले ३५ रनको योगदान दिए एसके पटेलले २१ रन बनाउँदा, अनिल शाहले १३ रनको योगदान दिए । सोनु तामाङ ११ रनमा नटआउट रहे ।

विराटनगर टाइटन्सका सन्दीप लामिछाने चम्केको खेलमा नतिजा भने आफ्नो पोल्टामा पार्न सफल भएनन् । लामिछानेले ४ ओभर बलिङ गर्दैै १ मेडन ओभरका साथ महत्वपूर्ण ४ विकेट हात पारे । ४ विकेट लिन लामिछानेले २५ रन खर्चे । सुनिल धमला र साहव आलमले समान एक एक विकेट लिए ।

यसअघि टस जीतेर ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो । विराटनगरका मोहम्मद जाइद आलमले लगातार तेस्रो खेलमा अर्धशतक पार गरे । ५१ रन बनाएका आलमले ६ चौका र २ छक्का प्रहार गरे । सुनिल धमला ४७ रनमा आउट भए । प्रदीप ऐरी ११ रनमा आउट हुँदा पुष्प थापा ११ र राजेश पुलामी मगर ८ रनमा अविजित रहे । चितवनका एसके पटेल र पारस खडकाले समान २ विकेट लिदा करन केसीले १ विकेट हात पारे ।

यसअघि आजै भएको पहिलो खेलमा पोखराले हुलास काठमाडौंलाई ४ विकेटले हराउँदै उपाधि होडको यात्रालाई जीवितै राखेको छ । टस जीतेर फिल्डिङ गर्ने निर्णय गरेको पोखराले काठमाडौंलाई १९।२ ओभरमा १ सय ३ रनमा रोक्यो ।

१ सय ४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पोखराका लागि कुशल भुर्तेलले १४, आसिफ सेख १६, रविन्द्रसिंहले २२ मोहम्मद नाभीले ३६ रन बनाए । कप्तान शरद भेषावकर र विनोद भण्डारी शुन्य रनमा आउट भए । रोहित पौडेल १५ रनमा नटआउट रहे ।

काठमाडौंका लागि अमरसिंह राउटेल्लाले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सुसन भारीले १४ रन खर्चेर १ विकेट हात पारे । पवन सराफ र नन्दन यादवले समान एक एक विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । काठमाडौंका जयकिसान कोल्सावाल र गौरभ तमोर शुन्य रनमा नै आउट भए । अमित श्रेष्ठले २१ र पवन सराफले १२ रनको योगदान दिए । नरेश बुढायर ६, आदिल खान ७ र अमरसिंह राउटेल्ला १ रनमा आउट भए । बसन्त रेग्मि १९ रनमा नट आउट रहे ।

पोखराका लागि ललितराज वंशीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका वंशीले ३ विकेट लिन १८ रन खर्चे । मोहम्मद नाभीले ४ ओभर बलिङ गरेर ११ रन खर्चिदै २ विकेट हात पारे । रासिद खानले दुई विकेट लिदा, बिक्रम भुषालले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।