२०७५ साल कात्तिक २३  गतेको राशिफल

मेष राशि
आर्थिक संकट पर्ला । मनमा चिन्ता पर्ला । थालेका काम बिग्रेलान् । शत्रुले बाधा गर्लान् । झन्झटलाग्दो यात्रा होला ।
वृष राशि
प्रशासनिक क्षेत्रबाट झमेला व्यहोर्नु पर्ला । धन नाश होला । पुत्र तथा परिवारबाट धोका होला । यात्राको सम्भावना रहला । गरेका काम बिग्रनाले चिन्ता पर्ला ।
मिथुन राशि
विपक्षी निष्क्रिय रहलान् । धन तथा बस्त्र लाभ होला । काम गर्नेका लागि दिन सफल रहला । मानसम्मान प्राप्त होला । शुभकामको थालनी होला ।
कर्कट राशि
विपरीत लिंगीबाट सहयोग प्राप्त होला । नसोचेका काम बन्लान् । यात्राबाट लाभ होला । व्यापार व्यवसायबाट पनि लाभ होला
सिंह राशि
पारिवारिक झमेलामा परिएला । धन नाश होला । अपमान सहनु पर्ला । भोजन तथा अन्य सुविधामा बढोत्तरी होला । मन बेचैन रहला ।
कन्या राशि
धन नाश हुनाले मनमा चिन्ता पर्ला । शरीरमा आलस्यता बढ्ला । मनमा चिन्ता थपिएला ।
तुला राशि
आफन्तबाट धोका होला । पठनपाठनमा अरुचि होला । मनमा असन्तोष रहला । आलस्यताले काम बिग्रिएला ।
बृश्चिक राशि
धन आगमन होला । साथीसहकर्मीको सुख प्राप्त होला । नसोचेका ठाउँमा अपरिचित व्यक्तिबाट सहयोग मिल्ला । धनलाभ बढ्ला । सम्मान पुरस्कार प्राप्त होला ।
धनु राशि
खर्च बढ्दा मनमा खिन्नता हाेला । नजिकका मानिससँग विवाद होला । संघर्ष गरेर काम सम्पन्न होला ।
मकर राशि
व्यर्थ खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।
कुम्भ राशि
मानसम्मान प्राप्त होला । धन लाभ होला । कार्य व्यवसायमा सफलता प्राप्त होला । शुभकार्य थालनी होला ।
मीन राशि
अतिथिको सेवा गर्ने मौका पाइएला । शुभ समाचार प्राप्त होला । मनमा हर्ष रहला । दिन राम्ररी बित्ने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…