विराटनगर अाइपुग्याे रेल(फोटो फिचर)

बिनु तिम्सिना
मोरङ । लामो समयको प्रतिक्षापछि मोरङको विराटनगर १८ भेडियारीसम्म रेल आएको छ । भारतीय पक्षले आज (आइतबार) रेलका इन्जिन ल्याएर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । उक्त रेलको इन्जिनलाई सर्वसाधरणले भव्य स्वागत गरेका छन् ।

भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रको रेलको ट्रयाक परीक्षणका क्रममा आइतबार रेलको इन्जिन आएको छ । निर्माण कम्पनी इर्कनका पदाधिकारी, भारतीय रेल विभागका अधिकारी सवार इन्जिन भारतको बथनाहा देखि नेपालको कस्टम यार्डसम्म आएको हो । न्यू बिजी रेल लाइन प्रोजेक्ट अन्तर्गत उक्त ट्रयाक भारतीय निर्माण कम्पनी इर्कनले निर्माण गरेको हो ।

कम्पनीको प्रमुख आश्वीनीकुमारले नेपालले रेल लाइनमा पर्ने जग्गा हस्तान्तरण गरे अबको डेढ वर्षभित्र कटहरीसम्म रेल पुग्ने बताउनु भयो । भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ । भेडियारीसम्म रेलको नियमित संचालनको लागि भने अझै ४५ दिने लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । नेपाल तर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको थिएन । यद्यपि उक्त विवाद हाल समाधान भइसकेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…