वर्षासँगै खप्तडमा हिमपात

आशिष बहादुर सिंह 
बझाङ । आइतबार बिहानदेखि बझाङका साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । शनिबार रातिदेखि वर्षा हुन शुरु भएको थियो ।

हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । वर्षा र हिमपातका कारण चिसो निकै बढेको सुर्मा गाउँपालिकाका स्थानीय नरेश बहादुर बोहराले बताउनुभयो । गाउँ क्षेत्रमा सामान्य हिमपात भएपनि गाउँ भन्दामाथिको जंगलमा बाक्लो हिमपात भएको उनको भनाइ छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रकारुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा हिमपातका कारण सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीको जनजीवन समेत प्रभावित बनेको बताइएको छ । निकुञ्ज क्षेत्रमा अहिले पनि सिमसिम पानी परिरहेको छ । अझै हिमपात हुनसक्ने अनुमान गरिएको छ । हिमपातले निकुञ्ज क्षेत्र सेताम्मे भएको बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…