के हो धनतेरस ?

हाम्रा पर्वमध्ये लक्ष्मीपूजाको बेग्लै र खास महत्व छ । धनको आश कसलाई हुँदैन ? धनीदेखि गरिबसम्म हरेक मान्छे धन कमाउन दिनरात मेहेनत गर्छन् । र, त्यही धनकी देवी हुन् माता लक्ष्मी । तर धन दिन्छ कसले ? के तपाईंलाई थाहा छ ? धन बाँड्ने काम हो भगवान कुबेरको । लक्ष्मीपूजा भन्दा पहिले धनतेरस आउँछ र धनतेरसको पूजामा लक्ष्मी, गणेश र कुबेरको पूजा गर्नुको एउटा बेग्लै विशेष महत्व छ ।

धनतेरस भनेको के हो ? नाम नै सुनेर स्पष्ट हुन्छ कि धनलाई तेह्र गुणा बढाउने र धनमा वृद्धि हुने दिन हो धनतेरस । यसलाई अझ स्पष्ट गर्ने हो भने धनको अर्थ समृद्धि र तेरसको अर्थ तेह्र् दिन । यो पर्व नेपालको तराइमा मात्र नभइ समस्त भारतमा पनि श्रद्घासँग मनाइन्छ । र, खास गरेर व्यवसायीहरुले अझ बढी श्रद्धाले मनाउँछन् । आजको दिन समुन्द्र मन्थनक्रममा धन्वन्तरीको उत्पत्ति भएको थियो । र, आजैका दिन धनका देवता कुबेरको जन्मोत्सव पनि भएकाले यसलाइ बढी महत्वका साथ पर्वको स्वरुप मनाइन्छ ।

धनतेरस प्रत्येक वर्ष कात्तिक कृष्णपक्षको त्रयोदशी अथवा कागतिहारका दिन मनाउने प्रचलन छ । धनतेरसकै दिन लक्ष्मीपूजा र माताको स्वागतको तयारी आजकै दिनबाट शुरु हुन्छ । माता लक्ष्मीको सानो घरभित्र रंगोलीको पैताला बनाइन्छ । र, पुस्तौँदेखि नै परम्पराअनुसार आजका दिन सन्ध्याकालका यमराजलाई इंगित गरी एउटा दियो बालेर घरको मूल दैलोमा राखिन्छ । र, यो गर्नुको अर्थ हो कि यमराज घरदेखि बाहिर रहोस्, कसैलाइ दुःखकष्ट नपुर्याओस् भनी अनुरोध र पुजा गरिन्छ । यो धार्मिक मान्यताले आममान्छेको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ । हरेक पर्व, व्रतसँग एउटा कथा जोडिएको हुन्छ र धनतेरससँग पनि एउटा कथा जोडिएको छ ।

–ज्योति झा

एकजना हिमालय नाम भएका राजा थिए । उनी आफ्ना छोराको जन्मकुण्डली बनाउन ज्योतिषकहाँ पुगे, ज्योतिषले भने, ‘विवाह गरेको ठीक चौथो दिनमा राजाका छोरालाइ सर्पको टोकाइले मृत्यु हुनेछ ।’ समय बित्यो राजाको छोराको विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरा थाहा पाइन्, त्यसपछि आफ्ना श्रीमानलाई यमराजको प्रकोपबाट मुक्त गर्न पतिको कोठाबाहिर घरका सबै गहनाको थुप्रो बनाएर पहाड जस्तै अग्लो चुली बनाइन् र पतिलाइ निन्द्रा नआओस् भनेर गीत, भजन र कथा सुनाउन थालिन् । रात्रीकालमा यमराज सर्पको रुप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले आइपुगे तर गहनाको पहाडलाई तिनले नाघ्न सकेनन् र यमराजलाइ खाली हात फर्कनुपर्यो ।

यसरी राजकुमारीले आफना पतिको जीवनरक्षा गरिन् । यही मान्यतामा मानिसहरु आफ्नो घरका सदस्यको आयु, आरोग्य र सुखसमृद्धिका निम्ति धन त्रयोदशी अर्थात धनतेरसका दिन आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्छन् । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्ति भन्दा महत्वपूर्ण बस्तुका रुपमा लिइन्छ, त्यसैले पनि धनकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गरिन्छ । आजका दिन सुनचाँदीका सिक्का,भाँडाकुडा,आभूषण किन्ने परम्परा छ ।

हिजोआज मोटरसाइकल, मोबाइल, कम्प्युटर, साइकल जस्ता बस्तु खरिद गर्न पनि यसै दिनलाई पर्खने चलन छ । यस पर्वमा धनी गरिब सबैले आआफनो क्षमताअनुसार केही न केही किन्छन् । जसको सामथ्र्य छ, उसले त भान्साका पूरा समान नै फेर्छन् र जो गरिब छ उसले एउटा स्टिलका थाल भए पनि किन्छन् । आजका दिन कुचो, नांग्लो लिनुलाई अझ राम्रो मानिन्छ किनभने हाम्रो मिथिलामा मान्यता छ कि, कुचो, नांग्लो माता लक्ष्मी हुन् । शारांसमा भन्दा आआफना सामर्थ्य अनुकुल सम्रग भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाइन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…