Logo फाल्गुन १८, २०७७ मंगलबार


हिमालको काखमा पीपीएलको उपाधि

लक्ष्मण शर्मा
कास्की । पर्यटकिय नगरी पोखरामापहिलो पटक आयोजनागरिएको पीपीएल क्रिकेटको उपाधि भिडन्त मंगलबार हुँदैछ । पोखरा रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँनेछ ।

घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार भएको पीपीएल क्रिकेटको उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेका छन । सोमबार बिहानपोखराको सराङकोटमा भएको प्रि–म्याच कन्फ्रेन्समा बाल्दै चितवन राइनोजका कप्तान पारसले आफ्नो टिमको लक्ष्य उपाधि जीत्ने भएको बताए ।

चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलप्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत सुरुकादुई खेलमा लगातार हार बेहोरेको चितवन त्यसपछिका कुनै पनि खेल हारेको छैन् । यता,े लिग चरणको खेलमाशीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश पोखरा पल्टन पनि उपाधि घरमै राख्ने दाउमा रहेको छ । पोखराका कप्तान शरद भेषावकरले बीना दवाब उत्कृष्ट खेल खेल्न प्रयास गर्ने बताए ।

पोखराले लिग चरणका ५ खेलमा ३ खेलमा जित र २ खेलमाहार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो । चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमाजित र २ खेलमाहार ब्यहोरेपनि नेट रनरेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो हुँदै इलिमिनेटरमा स्थान बनाएका थिए । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्तगर्ने छ भने उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यानअफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।