पीपीएल फाइनल आज, कस्ले मार्ला बाजी ?

लक्ष्मण शर्मा

कास्की । घरेलु क्रिकेटमा सर्वाधिक सफल दुई कप्तान पारस खडका र शरद भेषावकर पीपीएल क्रिकेटको उपाधिका आज भिडदैछन । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको पहिलो संस्करणको पीपीएल क्रिकेटको उपाधि भिडन्त आज पोखरा रंगशालामा हुनेछ ।

बिहान ११ बजे हुने खेलमा पारसको कप्तानीमा रहेको चितवन राइनोज र शरदको कप्तानीमा रहेको पोखरा पल्टन मैदान उत्रदा एउटै लक्ष्य हुनेछ उपाधि उचाल्ने । यसअघि हिजो भएको पत्रकार सम्मेलनमा पनि दुवै टिमका कप्तानले आफुहरुको लक्ष्य उपाधि उचाल्नु रहने बताएका थिए । कात्तिक ९ गतेबाट सुरु भएको पीपीएल क्रिकेटमा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो ।

पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गर्दा चितवनले इलिमिनेटरमा काठमाडौंलाई पराजित गर्दै फाइनल पुगेको हो । प्रतियोगिता अन्र्तगत पोखरा र चितवन लिग चरणमा पनि एक पटक खेलिसकेका छन । जुन खेलमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार रहेको पीपीएल बिजेताले २७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाखमा चित्त बुझानेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…