पतिको दोश्रो बिवाहपछि नागरिकता लिन सास्ती

सिरहा । वैदेशिक रोजगारीमा रहेका पतिले दोस्रो विवाह गरेपछि एक महिलाको बिचल्ली भएको छ । मलेशियामा रोजगारीमा रहेका कर्जन्हा नगरपालिका बडा नम्बर ११ का किसुनलाल महतोले उही दोस्रो विवाह गरेका हुन् । १५ बर्षदेखि मलेसियामा रहेका ३८ वर्षीय महतोले इन्डोनेसियाकी युवतीसँग विवाह गरेपछि उनकी पहिलो पत्नी ३५ बर्षीय अरहुलिया महतो समस्यामा परेकी छन् ।

किसुनलाल र अरहुलिया १७ बर्षअघि वैवाहिक बन्धनमा बाँधिएका थिए । विवाह भएको २ नबित्दै किसुनलाल धन कमाउन भनेर मलेशिया गए । अरहुलिया पतिले धन कमाएर आउने आशमा बसिन् । पति र धनको पर्खाइमा १ वर्ष, २ वर्ष हुँदै १५ औ वसन्त पार भयो, तर किसुनलाल घर फर्केनन् ।

अरहुलियाले त्यसको कारण अहिले बल्ल थाहा पाइन्, उनको पतिले १५ वर्षअघि नै मलेशिया त अर्कै सँगम विहे गरिसकेका रहेछन् । पतिले पहिले नै दोस्रो विवाह गरेको खबर सुनेपछि अरहुलिया अहिले छाँगोबाट खसे झै भएकी छन् ।

‘बिवाहको २ वर्षपछि उहाँ मलेसिया जानुभयो, गएको २/३ वर्षसम्म केहि पैसा पनि पठाउनुभयो’ गहभरी आँशु पार्दै उनले बिलौना सुनाइन्, ‘त्यसपछि न पैसा आयो न त फोन नै । उहाँले त उतै अर्को विवाह गर्नुभएछ ।’ विवाहसँगै हामीले सँगै जिउने, सँगै मर्ने कसम खाएका थियौ तर अहिले…’ उनी निशब्द भइन ।

अरहुलियाको विवाह दर्ता समेत भएको छैन । सासु ससुराको निधन भईसकेको छ । विवाह दर्ता नभएको र सासु ससुराको निधन भएको कारण उनले नागरिकता बनाउन सकेकी छैनन् । नागरिकता नहुँदा अंश समेत लिन पाएकी छैनन् । पैतृक सम्पति सबै किसुनलालका दाजुभाईले लिएका छन् । पतिले विदेशमा अर्को विवाह गरेर बिचल्लीमा पारेपछि अरहुलिय अहिले माइतीकै सहारामा जीवन गुजार्दै आएकी छन् । यसबारे जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिदाँ पनि सुनुवाई नभएको उनको गुनासो छ ।

अरहुलिया समस्यामा जेलिँदै गएपछि अहिले स्थानीय सरोज रायसहितका केही व्यक्ति समाधानको लागि जुटेका छन् । अरहुलियाको नागरिकताको लागि आफुले पहल सुरु गरिसकेको रायले बताए । अरहुलियालाई वडाअध्यक्ष कपिल यादवले नागरिकता लागि सिफारिस दिन नमानेको तर यस बिषयमा कर्जन्हाका मेयर गंगा पासवास समक्ष कुरा भइसकेको जानकारी गराए । रायका अनुसार मेयर पासवानले भने नागरिकताको लागि सहयोग गर्ने बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…