कुकुरबारे रोचक उखानहरु

काठमाडौं । आज कुकुर तिहार । यमपञ्चक वा तिहारको दोस्रो दिन आज कुकुरतिहार मनाइन्छ । कात्तिक कृष्ण चतुर्दशीको यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यसदिन एकाबिहानै जलाशयमा स्नान गरी सालको पातको टपरीमा दियो बालेर पूजा गरी जलमा बगाइन्छ यसो गर्नाले घनघोर मृत्युको अन्धकारबाट जीवात्माले मुक्ति पाउँछ भन्ने विश्वास छ । दिवंगत आत्माको मुक्तिको कामना गरी बिहान तारा नअस्ताउँदै नदी तथा जलाशयमा दीपप्रवाह गर्ने चलन छ । लौ पढौं कुकुरसँग सम्बन्धित उखानहरु ।

  • भुक्ने कुुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ ।
  • कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा नटोक्नु ।
  • अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ ।
  • कुकुरलाई घिउ पच्दैन ।
  • भुईमा न भाँडा कुकुरलाई टाँडा ।
  • कुकुरजस्तो कति भतुवा लाग्न गको ।
  • कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखेपनि बाङ्गाको बाङ्गै ।
  • कुकुरजस्तै बफादार हुनु ।
  • भुक्ने कुकुरले टोक्दैन ।
  • बोकेको कुकुरले मृग मार्दैन ।
  • कुकुरजस्तो कति लखरलखर हिंडछस् ए ।
  • कस्तो कुकुरको जस्तो निद्रा ।
  • कति मिलिक मिलिक ग¥या कुकुर जस्तो ।
  • द्वारे लाग्यो बोलाउन कुकुर पुच्छर डोलाउन ।
  • भुक्ने कुकुरभन्दा नभुक्नेदेखि डराउनु ।
  • नबोलाईकन त कुकुर पनि जाँदैन ।
  • भोटे कुकुर भुक्ला घरमा कुरा पुग्ला ।
  • काम छोडी कैफेद कुकुरलाई नैवेद ।
  • लात्तीले हानेको कुकुर बैठक माथि
  • कुकुरलाई मासु पैंचो
  • कुकुरको पनि दिन आउँछ
  • कुकुर काटी बिरालो पोस्ने
  • कुकुर कि टाँडमा बस्छ, कि डाँडमा बस्छ
  • कुकुर कुटी पाहुना, तर्साउनु
  • कुकुर कुटी वर, ज्वाईं कुटी पर
  • कुकुरको काम पनि छैन, फुर्सद पनि छैन
  • कुकुरको घरमा मासुको जिलो खोजेर कहाँ पाइएला
  • कुकुरको जुठो खानु, छोराको नखानु
  • कुकुरको निउँ पारी चम्चेको दाउ
  • कुकुरको पनि आफ्नो घरमा ठूलो स्वर
  • कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने
  • कुकुरको भाउ छ, मानिसको भाउ छैन
  • कुकुर खाने बाघले मान्छे पनि खान्छ
  • कुकुर जस्तो गुनी र ज्वाईं जस्तो वैगुनी कोही हुँदैन
  • कुकुर जहाँ खान पाउँछ, त्यहीँ भतुवा लाग्छ
  • कुकुर तर्संदा नडराउनु, भैंसी तर्संदा डराउनु
  • कुकुर बिरालोले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन
  • कुकुर बिरालोजस्तै लगारालगार
  • कुकुर भन्छ जहान बढुन्, विरालो भन्छ सबै मरुन्
  • कुकुर पनि हरायो, घाँडो पनि हरायो
  • कुकुर पाली, आफैं भुक्ने
  • कुकुर बिरालाको जात हतपत मर्दैन
  • कुकुर भुके हजार हात्ती चले बजार
  • कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ
  • कुकुर भुक्यो राती, जंगल भाग्यो हात्ती
  • कुकुरलाई घीउ नपचेको
  • कुकुरलाई जिस्क्याए टोक्छ, मूर्खलाई जिस्क्याए ठोक्छ
  • कुकुरलाई जूठो भातले र बुढाबुढीलाई रोगव्याधाले कहिल्यै छोड्दैन
  • कुकुरलाई पनि च्यै नभनी आउँदैन
  • कुकुरलाई पराल, गाईलाई मासु
  • कुकुरलाई बेथा लाग्दा बाख्रो नमन्छनु
  • कुकुरलाई मासुभात खान दिए पनि गुहु खान छोड्दैन
  • कुकुरलाई मासु पैंचो
  • कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको कसले वास्ता गर्छ
  • कुकुरलाई सुनकै थालमा भात खान दिए पनि त्यसलाई घोप्ट्याएर भुइँमै खान्छ
  • कुकुरलाई हानेको तीर ढुकुरलाई गएर लाग्यो
  • कुकुरले आगो ल्याओस् न फुकोस्
  • कुकुरले आफ्नो मालिकलाई जिन्दगीभर पर्खिरहन्छ
  • कुकुरले कपास छरोस् न धोती लाओस्
  • कुकुरले टोके पनि खराव, चाटे पनि खराव
  • कुकुरले दाइँ हुने भए गोरु केलाई चाहियो ?
  • कुकुरले एकपटक हिँडेको बाटो कहिल्यै भुल्दैन
  • कुकुरले हाड छोडेझैं छोड्ने
  • कुकुर सानो भए पनि ठूलो भए पनि बेहोरा उस्तै ।
  • विना चालले कुकुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुक्दैन ।
  • कुकुरको घरमा विरालो पाहुना ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…