क्रिकेट विकासमा पीपीएलले जगाएको आशा

लक्ष्मण शर्मा

कास्की । नेपाली क्रिकेटको लामो इतिहास नभए पनि गर्भिलो इतिहास रहेको छ । क्रिकेटमा सरकारले खासै लगानी गर्न नसकिरहेको बेला खेलाडीको आफ्नै मेहनत र नेपाली क्रिकेट समर्थकको उल्लासमय समर्थन क्रिकेटलाई छ । आइसीसीलाई नै तीन छक पार्ने गरी क्रिकेटमा ओइरो लाग्ने समर्थकको माया नै नेपाली क्रिकेट विकासको मुख्य सेतु हो ।

पछिल्लो समय नेपाली क्रिकेटले अविश्वसनिय फड्को मार्यो । त्यसको साक्षीबने नेपालीक्रिकेट खेलाडी र समर्थक । किनकी नेपालले एकदिवसीय मान्यता पाउने बेलामाउ संस्था क्यान निलम्बनमा परेको थियो ।  केही वर्षयता नेपालको घरेलु क्रिकेटमा पनिनीजि क्षेत्रको संलग्नतामा केही लिग हुन थालेका छन् ।

भर्खरै पोखरामा सकिएको पीपीएल क्रिकेट यसेको पछिल्लो उदाहरण हो । धनगढीबाट शुरु भएको घरेलुलिगको अभ्यास काठमाडौं हुँदै पोखरासम्म आइपुगेको छ । विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको समयमा मात्र खेल्ने खेलाडीले अहिले लगभग समय क्रिकेट खेलेर नै बिताउने गरेका छन् । यत्ती मात्र होइन क्रिकेट लिगले खेलाडीको जीवनस्तरमा पनि सुधार ल्याएको छ ।

अक्सनमार्फत खेलाडीको किनबेच हुनथाले पछि क्रिकेटको विकासमा कर्पोरेट हाउसको पनि केही आशलाग्दो सक्रियता देखिएको छ । घरेलु क्रिकेटमा अहिलेसम्मको धेरै पुरस्कार राशिभएको पीपीएलले व्यापारिक घरान कै सहयोगमा भव्य प्रतियोगिताको आयोजनागर्न सफल भयो ।
प्रायशुन्य रहेको पोखरामा पीपीएल क्रिकेटले समर्थक पनि बढाउन सफलभयो ।

प्रतियोगिताको आयोजक संस्थाक्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि पनि पोखरामा क्रिकेटका समर्थक देखेर आनन्दित भएको बतायो । पीपीएलले समर्थक मात्रहोइन राज्यलाई पनितानन सफल भयो । विभिन्न शहरका ६ वटा फ्रेन्चचाइज टिमलाई त्यहाको स्थानीय सरकारले राम्रो सहयोग गरे । पोखरा रंगशाला निर्माणका लागि गण्डकी प्रदेश नै सक्रिय बन्यो ।

यतिमात्र होइन केन्द्रीय राजनीतिमा प्रभाव राख्ने प्रभावशाली नेता नेकपा अध्यक्ष पुष्पकमल दाहाल समापन समारोहमा सहभागिहुँदै क्रिकेट विकासमा लाग्ने प्रतिवद्वता जनाउनुभयो । दाहालसँगै कार्यक्रममा आउनुभएका कांग्रेस नेता गगन थापा पनि प्रतियोगिताबाट निकै उत्साहित देखिनुभयो ।

पीपीएल प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान काठमाडौँका गौरब तोमार घोषित भए । उनीभारतबाट काठमाडौंका लागि अनुबन्धित खेलाडी थिए । उत्कृष्ट बलर चितवनका करण केसी घोषित हुँदामोस्ट भ्यालुएबल प्लेयर ललितनारायण राजवंशीबने पीपीएल प्रतियोगिताको इमर्जिङ खेलाडी पोखरा पल्टनका राशिद खान घोषित भए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…