कविताः नेपालीत्व भएको पहिचान चाहिन्छ

–ज्योति झा

मलाइ चाहिदैँन छुट्टै हिमाल पहाड तराई,
मलाइ सिंगो नेपाल चाहिन्छ
मधेसी, नेवारी, थारू, पहाडी, हिमाली नभइ
नेपालीत्व भएको पहिचान चाहिन्छ

जसले शत्रु अगाडि अदम्य वीरता देखाई
वीर पुरुषको ख्याति बनाए
बलभद्र, भीमसेन, सीता जस्तो अदम्य
अटल ऐतिहासिक स्वाभिमान चाहिन्छ,

छन् सुन्दर डाँडाकाँडा कहीँ त
कहीँ सुनझैँ चम्किरहने हिमाल
वनजगंल, रुखविरुवा, नदीनालाले भरिएका,
हो हाम्रो देश विशाल
सुन्दैछु देश टुक्रिने हुँदैछ षडयन्त्र अरे,
यसको स्थायी निदान चाहिन्छ
मधेसी, थारु, नेवारी, पहाडी नभइ
नेपालीत्व भएको पहिचान चाहिन्छ

जय होस् सबैको भाषा संस्कृतिको
जय होस् सम्पूर्ण जातजातिको,
फरक सुगन्ध, फरक रंग, फरक सुन्दरता बोकी,
हामी फूल हौँ एउटै फूलबारीको,
झरेर पत्झर नबन्ने,
सदैव हराभरा रहने बसन्ती उद्यान चाहिन्छ,
मधेसी, थारु, नेवारी, पहाडी, हिमाली नभई
नेपालीत्व भएको पहिचान चाहिन्छ

पहाडले मधेसको प्रसाद,
ठकुवा–भुस्वा ग्रहण गरोस्,
पहाडको पर्वमा मधेसको होस् अनिवार्य सहभागिता
आमन्त्रण गर्नु नपरोस् ,
ईद–रोजाको मुबारक गरोस् हिन्दूले,
मुस्लिमको हिन्दुप्रति स्वाभाविक गुमान चाहिन्छ
मधेसी, थारु, नेवारी, पहाडी, हिमाली नभई
नेपालीत्व भएको पहिचान चाहिन्छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…