रुचाइयो जितुको शो, ट्रेन्डिङको पहिलो नम्बरमा

काठमाडौं । हास्य कलाकार जितु नेपालको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरुले मन पराएका छन् । सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको शो, त्यसलगत्तै युट्युबमा पनि सार्वजनिक भएको थियो । शोले युट्युबमा गज्जबको तारिफ पाईरहेको छ ।

आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो एपिसोडलाई यो समाचार तयार पार्दासम्म ३ लाख ८८ हजार भन्दा धेरैपटक हेरिसकिएको छ । भिडियो नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा समेत आएको छ ।

१७ सय भन्दा धेरै कमेन्टहरु आएको पहिलो एपिसोडको भिडियोमा ९ हजार ४ सय भन्दा धेरै लाइक छ । यद्यपि भिडियोलाई ७ सय ४० डिसलाइक पनि प्राप्त गरेको छ । भिडियोमा आएको अधिकांश प्रतिक्रियाहरु सकारात्मक र उर्जा दिने किसिमका छन् ।

जितु नेपालको शो मा अध्यक्षको भुमिकामा भने सफल निर्मात्री एवं हास्य कलाकार दीपाश्री निरौला रहेकी छिन् । कार्यक्रमको पहिलो एपिसोडमा हास्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीलाई निम्त्याईएको थियो । कार्यक्रममा हास्य रस मिसाउनको लागि जितु र दीपालई राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेर राईले पनि बेजोडले साथ दिएका छन् ।

रबि श्रेष्ठको निर्देशनमा तयार भएको कार्यक्रममा कार्यकारी निर्देशकको रुपमा माधव कार्की रहेका छन् । यस्तै श्रृंखला निर्देशकको जिम्मेवारी कलाकार निरज नेपाललाई दिइएको छ । शो कार्यकारी निर्माता रबिन्द्र कुमार रिजाल (शशी) हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…