‘डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयार छु’

अमेकिा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो दल रिपब्लिकन पार्टीको बहुमत गुमेपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरुसँग मिलेर काम गर्ने बताएका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूमाथि दबाब बढेको बताए । मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदनमा नियन्त्रण गुमाएको थियो । डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पलाई धक्का लागेको छ । उनलाई अब विना अड्चन आफ्ना एजेन्डा अघि बढाउन समस्या पर्नेछ ।

हाउसमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक पार्टीले त्यसभन्दा बढी सिट जितेको छ । हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो । राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेटमा भने बहुमत हासिल गरेको छ । सिनेटको १ सय स्थानमध्ये ३५ सिटमा चुनाव भएको थियो । चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ र रिपब्लिकनको ५१ सिट भएको छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…