‘विदेशी ब्याट्सम्यान मनपर्छ भने देश छोड्देउ’

काठमाडौं । सामाजिक सञ्जालमा भारतीय क्रिकेटर विराट कोहलीको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनले आफ्नो एक फ्यानलाई देश छोड्ने सल्लाह दिएका छन् । जसले इङ्ल्याण्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई मनपराउँछ, त्यस्ता ब्यक्तिहरु भारतमा छोड्नुपर्ने विराटको तर्क छ ।

आफ्नो इंस्टाग्राममा आएको भिडियोको कमेन्टमा रिप्लाई गर्दै विराटले यस्तो बताएका हुन् । इंस्टाग्राम पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘उ ओभररेटेङ ब्याट्सम्यान हो । उसको ब्याटिङमा पनि खासै राम्रो छैन । मलाई भारतीय ब्याट्सम्यानभन्दा अंग्रेज र अस्ट्रेलियन ब्याट्सम्यान हेर्न मनपर्छ ।’

आफ्नो इंस्टाग्राममा यस्तो कमेन्ट देखेपछि विराटले कमेन्टको रिप्लाई गर्दै उक्त ब्यक्तिलाई भारत छोड्ने सल्लाह दिएका हुन् । विराटले लेखेका छन्, ‘तपाई भारतमा बस्नुपर्छ भन्ने मलाई लाग्दैन । जानुस् अर्कै ठाउँमा बस्नुस् । तपाईले मलाई मन नपराउनुले मलाई कुनै फरक पर्दैन । तपाई हाम्रो देशमा कुनैपनि ठाउँ छैन ।’

५ नोभेम्बरमा ३०औँ जन्मदिन मनाएका विराट कोहली अहिले आराम गरिरहेका छन् । वेस्टइंडिजसँगको टी–ट्वान्टी सिरिजमा भारतको कप्तानी रोहित शर्माले सम्हालेका थिए । भारतले वेस्ट इंडिजसँगको ३ खेलको टी–ट्वान्टी सिरिजम क्लिन स्वीप गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…