२३ जुवाडे समातिए

आनन्द पोखरेल

चितवन । भरतपुर महानगरपालिकाका छुट्टाछुट्टै दुई स्थानबाट करिब साढे चार लाख रुपैयाँ सहित कौडा खेलिरहको २३ जना जुवाडे पक्राउ परेका छन् ।  चितवन प्रहरीले सञ्चालन गरेको थ्रीएस अप्रेसनअन्तर्गत जुवातास नियन्त्रण अभियानमा उनीहरु पक्राउ परेका हुन् ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा आज बिहान करिब एक बजे तिर भरतपुर– १५ फूलबारीमा कौडा खेलिरहेका चार जना तथा भरतपुर– १६ शरणपुरमा कौडा खेलिरहेका १९ जनालाई पक्राउ गरेकोे हो । फूलबारीबाट १६ थान कौडाका साथै नगद तीन लाख ६ हजार दुई सय ६५ रुपैयाँ तथा शरणपुरबाट एक लाख ४९ हजार ६ सय ८५ रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भइरहेको रेग्मीले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…