निर्मला पन्त हत्यारा सार्वजनिक हुन्छ

काठमाडौं । गहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्त हत्यारा चाँडै कानुनी कठ्घरामा आउने बताउनु भएको छ । हत्या रहस्यमय भएको र अनुसन्धान जारी रहेको भन्दै उहाँले हत्यारा पत्ता लाग्दैन की भनेर निरास नहुन आग्रह गर्नुभयो । रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बोल्दै उहाँले घटनालाई अतिरञ्जित नबनाउन समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कार्यको समिक्षा गर्न आग्रह गर्दै उहाँले देशमा भएको गुण्डागर्दी समाप्त पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निर्मला पन्त हत्याका प्रमाणहरु लुकाइनु, घटनालाई दबाउन खोज्ने जो कसैलाई कारबाही हुने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘प्रहरीले ईन्भेष्टिकेसन गरिनै राखेको छ, हत्यारा पत्ता लगाउन सरकार लागि परेकै छ बिनासित्तै निर्मलाका आमाबुवालाई नउचाल्न उहाँको आग्रह छ ।

सरकारले देशमा अराजकता निम्त्याउने, समाज भड्काउने कार्य गर्नेलाई जेलमा कोचेको उहाँको भनाइ थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…