आन्तरिक विवादले हार बेहोर्नुपर्यो

नारायण थापा

भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस भित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नु परेको बताउनु भएको छ ।  दिपावली, नेपाल सम्वत् २०३९ तथा छट पर्वको अवसरमा आज नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदान प्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा बोल्दै उहाँले उहाँले यस्तो बताउनु भएको हो ।

सभापति देउवाले भन्नुभयो–“नेपाली काँग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टी भित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नु पर्यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो । ”

काँग्रेस एक अर्कालाई हराउँने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीले हार व्यहोनुपरेका्े  परेको बताउँदै उहाँले काँग्रेस भित्र पार्टीले जसलाई टिकट दिएपनि जिताउँनु पर्छ भन्ने संस्कार बसाल्नु अतिआवश्यक रहेको भनाई राख्नुभयो ।  चुनावमा भएको हारबाट नेपाली काँग्रेसले धेरै ठूलो पाठ सिक्नु पर्ने चर्चा गर्दै सभापति देउवाले हारबाट हतोत्साही र निरशा नभई अबको चुनावमा जीतमा परिणत गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा उहाँले जयनेपाल स्मारिकाको विमोचन गर्नुका साथै काँग्रेसका नेताद्धय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नम्बर १. का सभापति जीवन खत्री, क्षेत्र नम्बर २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापा लगायतले नेपाली काँग्रेसलाई सांगठानीक रुपमा एकताबद्ध बनाएर लैजानु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…