मृत्युदण्ड पाएकी महिला जेलमुक्त

काठमाडौं । धर्मनिन्दासम्बन्धि आरोपबाट हालै सफाइ पाएकी पाकिस्तानी इसाई महिला आसियाले बीबी जेलबाट रिहा भएकी छन्। आठ वर्षदेखि जेलसजाय काट्दै आएकी आसिया बीबीविरुद्धको मृत्युदण्डको सजाय गत हप्ता सर्वोच्च अदालतले उल्टाइदिएको थियो।

केही रिपोर्टहरूका अनुसार आसिया बीबी रावलपिण्डीस्थित हवाईअखडाबाट विमानमा उडेकी छन्। तर उनले पाकिस्तान छाडे वा नछाडेको स्पष्ट हुन सकेको छैन। आसिया बीबीलाई मुल्तानस्थित एउटा जेलबाट रिहा गरिएको उनका वकिल सैफ उल मलुकले बताएका छन्। पाकिस्तानी सर्वोच्च अदालतले उनलाई सफाइ दिएपछि देशभरि प्रदर्शनहरू हुँदै आएका छन्।

यसअघि आफूहरूको ज्यानलाई खतरा रहेको भन्दै आसिया बीबीका श्रीमान्‌ले शरणका लागि केही देशसँग अपील गरेका थिए। पाँच सन्तानकी आमा आसिया बीबीलाई सन् २०१० मा छिमेकीसँगको झगडाका क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै दोषी ठहर गरिएको थियो। कैयौँ देशले आसिया बीबीको परिवारलाई शरण दिने प्रस्ताव गरेका छन्।

पाकिस्तान सरकारले हिंसात्मक प्रदर्शनहरू रोक्न आसिया बीबीलाई देश छाड्न नदिन आवश्यक कदम चाल्ने बताएको थियो।कट्टरपन्थी प्रदर्शनकारीहरू ईशनिन्दासम्बन्धी कडा कानूनको पक्षमा छन् र आसिया बीबीलाई मृत्युदण्ड दिनुपर्ने उनीहरूको माग छ। एक इस्लामवादी नेताले आसिया बीबीलाई सफाइ दिने तीनजना न्यायाधीशहरूलाई पनि मार्नुपर्ने बताएका छन्।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…