सामुहिक देउसी भैलो

काठमाडौं । लायन्स क्लब तथा काठमाडौं लियो क्लब युरेकाका आठ वटा कमिटिको संयुक्त आयोजनामा सामुहिक देउसी भैलो कार्यक्रम आयोजना गरीको छ ।

कालिकोटको नरहरीनाथ नगरपालिका स्थित जन प्रभात उ.मा.विमा पुस्तकालय निर्माणार्थ उक्त देउसी भैलो कार्यक्रम आयोजना गरीएको पुस्तकालय निर्माण समितिका संयोजक सविन गड्तौलाले बताउनु भयो । पुस्तकालय निर्माणका लागि अन्दाजि तीन देखि पाँच लाख लाग्ने र उक्त सबै आर्थिक व्यवस्थापन देउसी भैलोबाट उठ्ने रकमबाट गरीने संयोजक गड्तौलाले बताउनु भयो । लायन्स क्लबले हरेक चार बर्षमा एउटा पुस्कालय देशको बिकट जिल्लामा बनाउने कार्यक्रम रहेको र यस अघि कालीकोटकै बाल ममता नि.मा.विमा सन २०१४ मा बनाई सकेको उहाले बताउनु भयो ।

राजधानीको माईलस्टोन कलेजमा आयोजित देउसी भैलो कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । साथै उक्त कार्यक्रमको सफलताको शुभकामना दिने क्रममा प्रगतिशित तथा शुद्ध भावनाले आयोजना हरेक कार्यक्रम सफल हुने माईलस्टोन कलेजका अध्यक्ष डाक्टर विजय कुमार पौडेलले बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…