Nic

सुनसरी हुसेन हत्या प्रकरणः यसरी भयो हत्या(भिडियोसहित)

काठमाडौं । सुनसरीको दुहबीमा बुधबार बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागि हत्या गरिएका जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको हत्यामा संलग्नको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले नाम भने खुलाउन चाहेन । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेन मोर्निङवाकमा निस्केकै बेला बिहान साढे ६ बजे अज्ञात समुहले गोली हानेको थियो । गोली लागेर घाइते भएका हुसेनलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले पक्राउ गरेका ६ जनामाथि अनुसन्धान गरिरहेको छ ।

स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ । यसैबीच, हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन थालेका छन् । मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समूदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने शैलजा आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय…

केही जिल्ला नेताले सदस्य सिफारिसमा सचिव प्रदिप कटुवालले सल्लाह नै नगरी मनोमानी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको नाममा…

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।