आनन्द गुरुङ
काठमाडौं । मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भए । परिर्वतनले कतिपय उल्लेख्य परिवर्तन स्थापित गर्यो । तर, कतिपय अन्तराष्ट्रिय र राष्ट्रिय महत्व बोकेको संघ–संस्था र केन्द्रहरुलाई भने परिवर्तनले कुनै असर पारेको छैन । यस्तै मध्येको एक हो, प्राकृतिक विज्ञान संग्राहलय ।
२०३२ साल साउन २ गते आनन्दकुटी बिहारको होस्टलमा स्थापना गरिएको प्राकृतिक विज्ञान संग्राहलयमा अहिले पशुपंक्षी, शरीरसृप, किरा फट्याङ्ग्रा, बोटबिरुवा, जलप्राणी र वनस्पति गरी ५५ हजार नमूना छन् । उचित संरक्षण र सम्र्वद्धनको अभावमा प्राकृतिक विज्ञान संग्राहलय दुर्लभ र महत्वपूर्ण नमूना थन्क्याउने गोदाम मात्र भएको छ ।
सन १९८३ मा बुटवल नजिकैको चुरेपहाडबाट संकलित रामापिथेकसको जिवाष्म, ३ लाख वर्ष अघिको हात्तीको अस्तीपञ्जंर, २ वटा टाउको भएको गाई, च्४ वटा टाउ‘को भएको साप‘ लगायत दुर्लभ नमूना रहेको संग्राहलय संरक्षण तथा प्रर्वद्धनमा समस्या भएको संग्राहलयका प्रमुख प्रध्यापक डाक्टर धर्मराज डंगोलले बताउनु भयो । प्रमुख डंगोलले बजेट र स्थान अभावका कारण कतिपय नमूनाहरु दराजमा थन्काएर राख्नुका साथै कतिपय नमूनाहरु खुल्ला स्थानमा राख्दा नष्ट समेत हुन लागेको बताउनु भयो ।
२० रोजनी क्षेत्रफलमा १२ जना कर्मचारीद्वारा सञ्चालित र प्राकृतिक विज्ञान संग्राहलय त्रिभुवन विश्वविद्यालयबाट सञ्चालनमा रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेको संग्राहलयको संरक्षण, सम्र्बद्धनमा सरकारको उचित ध्यान पुग्न नसकेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको भनाइ छ । पूर्वप्रधानमन्त्री खनालले विश्व समुदायका लागि अतिनै महत्वपूर्ण नमूना संग्रहीत संगा्रहलयलाई आधुनीकरण र वैज्ञानिक बनाउनु पर्ने बताउनुभयो ।
संग्रहलयमा यस वर्षबाट जडीबुटीका साथै बहुमुल्य प्रजातिका बोटबिरुवा समेत संरक्षण गर्न सुरु गरिएको छ । यसका साथै संग्राहलयले बहुमूल्य प्रजातिको बोटबिरुवाका साथै शैक्षिक पार्कको अवधारणा अघिसारेको छ । प्राकृतिक विज्ञान संग्राहलयले यसवर्षबाट विद्यालयस्तरीय संरक्षण र संकलन विधी कार्यक्रम पनि अघि सारेको छ । यो कार्यक्रमले विद्यार्थी, शिक्षक र समाजमा बहुमूल्य बस्तु संकलन र संरक्षणबारे जनचासो बडाउने संग्राहलयको ठम्याई छ ।