कविता – रुवाइ

कविता राई

मलाइ फूलले भन्यो
म तिम्रै लागि फुलेको
मलाइ खोलाले भन्यो
म तिम्रै लागि बगेको
मलाइ हावाले भन्यो
म तिम्रै लागि उडेको
मलाइ पहाडले भन्यो
म तिम्रै लागि उभेको
मलाइ गहिराइले भन्यो
म तिम्रै लागि बसेको

मैले भनें
मैले फूललाई भनें
फूल तिमी मेरो चुल्ठोमा आफैं आइदेऊ
मेरो लागि
मैले खोलालाई भनें
खोला ! तिमी एक पटक पहाड चढिदेऊ
मेरो लागि
मैले हावालाई भनें
हावा तिमी एक पटक रुकिदेऊ
मेरा लागि,
मैले पहाडलाई भनें
पहाड तिमी झुकीदेऊ एकपटक
मेरा लागि,
मैले गहिराइलाई भनें
गहिराइ ! तिमी उठीदेऊ एकपटक
मेरा लागि ।

अफशोच !
फूलले वैंश छ झर्दिन भन्यो
खोलाले खोलैसंग बग्न भन्यो
हावाले हावैसंग उड्न भन्यो
पहाडले उसैसंग उभ्न भन्यो
गहिराइले उसैसंग डुब्न भन्यो
म रोएं ,
फूलले झुक्याएर रोएं
खोलासंग बग्न नसकेर रोएं
हावासंग उड्न नसकेर रोएं
पहाडसंग थिग्रिन नसकेर रोएं
गहिराइसंग भासिन नसकेर रोएं
रोएं अनि रोइरहें ।

मलाइ मनले भन्यो
किन रुन्छौ ? म छु नि ,
मलाइ पाइतालाले भन्यो
कहॉ जाने ? म पुर्याउॅछु नि
हत्केलाले भन्यो
के गर्ने ? म समाउॅछु नि !

वा ! मेरा लागि
मेरा लागि म जस्तै भइदिने
मनसंग फेरि रोएं
आफैंसंग हिंडिदिने
पाइतालासंग रोएं
आफ्नै गन्ध ओकल्ने
निश्वाससंग रोएं
रोएं अनि रोइरहें ।।

पॉचधारे, भोजपुर ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…