अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

कम्युनिष्ट भनेको के हो ? सामन्ती, पुँजीवादी, सर्वहारावादी र साम्यवादी भनेको के हो ? त्यसका भेदहरू के के हुन् ? जान्ने कसरी हो ? को कसरी सामन्ती हुने, के हुँदा सामन्ती र के के हुँदा पुँजीवादी के नहुँदा सामन्ती, या सर्वहारा वा कम्युनिष्ट हुने या नहुने हो ? कसैले कम्युनिष्ट नाम राखेर चलाउँदैमा र त्यो पार्टीको सदस्यता लिएकै भरमा कम्युनिष्ट भइन्छ ? त्यसका आधार, न्युनतम गुणहरूहरूबारे सचेत अभ्यास गर्न र जनतामा चेतना अघि बढाउन कसरी अघि बदनुपर्ने हो ? के वर्गीय दुनियाँमा निवर्गीय मानिस हुन सकिन्छ ? के कम्युनिष्टहरूको पार्टी हुन्छ ? के हामी आफैँले आफैँसँग सोधखोज र घोत्लिन र सँगै बसेर मन मिल्ने पुराना मित्रझैँ मित्रालाप गरी उत्तर खोज्न सक्छौं ?

रूसको अक्टोबर क्रान्तिलाई सम्झँदा र त्यसले संसारमा गरेको असरहरूबारे गम्भीरतापूर्वक हेर्दा मानव जातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । यस क्रान्तिले मानिसको जीवनको सबै पहलुहरू, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास शुरू गरेको थियो र अझै पनि त्यसले ल्याएको छाल बाँकी नै छ । आज पनि कुनै न कुनै हिसाबले मानव समाज अक्टोबर क्रान्तिद्वारा प्रभावित छ । वर्गीय समाजबाट वर्गबिहीन समाजमा प्रवेश गर्ने कार्यक्रम अक्टोबर क्रान्तिको मूलभूत र सारभूत कुरा थियो । मानव जातिको इतिहासमा पेरिस कम्युनपछि यति ठूलो मात्रामा यति ठूलो प्रयोग यसअघि कहिल्यै भएको थिएन । त्यो जारी छ । यसका उज्याला बाटोको कुरा गर्दा अहिले हामी नेपालमा त्यसको सार्थकता के हुनसक्छ भनेर विचार, विमर्श पनि गरिरहेका छौँ ।

रूसका जनताले पेद्रोगाड शहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिस्ट क्रान्तिलाई अक्टोबर क्रान्तिका रूपमा लिने गरिएको हो । त्यतिबेला रुसमा चलेको जूलियन क्यालेण्डर अनुसार १९१७ को अक्टोबर २५ मा सम्पन्न क्रान्ति यतिबेलाको ग्रेगोरियन क्यालेण्डर अनुसार नोभेम्बर ७ मा पर्दछ । रुसका श्रमजीवि जनताले कम्युनिस्टहरुको नेतृत्वमा चलेको रसियाली सामाजिक प्रजातान्त्रिक श्रमिक पार्टी (बोल्सेभिक) को अगुवाइमा अक्टोबर क्रान्ति सम्पन्न गरेका थिए । यो क्रान्तिले संसारमा सर्वहारावर्गको संक्रमणकालीन राज्यसत्ता स्थापना गर्ने अथक प्रयास गरेको थियो । कम्युनिष्टलगायत क्रान्तिकारीहरुले १८७१ मा बिद्रोहमार्फत् केही समयको लागि फ्रान्सेली शहर पेरिसमा कम्युन स्थापना गरेका थिए । त्यसपछि भएको अक्टोबर क्रान्ति भने संसारमा कतै भएको थिएन । अक्टोबर क्रान्तिको बाटो सर्वहारावर्गीय क्रान्तिकारीहरुको बाटो हो । परम्परागत दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरूको उद्देश्य हो । वर्गबिहीन समाजको शुरूवातसँगै राज्यसताको समेत विलय कम्युनिष्टहरूको उद्देश्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यसँगै सबैले आफ्नो क्षमताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टको अभिष्ट हो । साम्राज्यवाद तथा मानद्वेषी विचारका संवाहकहरूले पश्चिमा संसारमा विकसित ५ सय वर्ष पुरानो पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रूपमा विभाजन गरी मानिसमानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर, त्यसलाई ध्वंश पार्दै रूसका कम्युनिष्टहरूले संसारको लागि रोटी र शान्ति, जनताको रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द पारे । त्यसैको फलस्वरूप रूसी जनता युद्ध होइन क्रान्ति, जनताविरूद्ध होइन शोषणविरूद्ध हतियार भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयको रूपमा हेर्न समर्पित भएका थिए । आजको संसार यसै युगान्तकारी कम्युनिस्ट क्रान्तिको समेत उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति श्रमिक अधिकार बौद्धिक सम्पत्ति, संस्कृतिको श्रीवृद्धि , अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भूत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको संगठित विद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । आज संसारमा नै मार्क्सवाद तथा भौतिकीय द्वन्द्वात्मक दर्शनका राजनीतिक बाहकहरूको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणामको रूपमा हाम्रो सामु रहेकै कारणले पनि हामीले अक्टोबर क्रान्तिलाई सम्झना गर्नु र त्यसको आलोकमा विकसित राजनीतिक परिघटनाहरूबारे बहस, छलफल, समीक्षा, जाँचबुफ, प्रश्नहरूमा लाग्नु सर्वथा उचितै छ ।

उत्तरको चीनमा चिनियाँ विशेषतासहितको बजार समाजवाद् दक्षिणतर्फ भारतको संविधानमा उल्लिखित संसदीय समाजवाद र नेपालको संविधानमा भनिएको उन्मुख समाजवाद पनि रूसको अक्टोबर क्रान्तिको प्रभाव अन्तर्गत नै आजको स्वरूपमा प्रकट भएको देखिन्छ । यसबाहेक प्रजातान्त्रिक समाजवाद तथा अन्य समाजवाद पनि चर्चामा छन् । आजको हाम्रो मुख्य विषय यिनै सन्दर्भहरुसित गाँसिएर वैज्ञानिक समाजवादबारे थप खोजी र छलफल गर्ने प्रयासलाई अघि बढाउनेमा केन्द्रित गरौं र आवश्यकता अनुसार थप छलफल तथा खोज गरौं ।

सबभन्दा पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ । मार्क्स, एंगेल्सको दृष्टिमा एंगेल्सले समाजवाद वैज्ञानिक या काल्पनिक भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रबर्ट ओयन, सेन्ट साइमन, फुरिएहरूको असाध्यै प्रशंसा गर्दागर्दै पनि मजदुरहरूलाई काल्पनिक समाजवाद होइन वैज्ञानिक समाजवाद अभ्यास गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ । त्यतिबेला युरोपका अराज्यवादीहरूले पनि साम्यवादी समाजवादी व्यवस्थाको पक्षपोषण गरिरहेका थिए, कुनै पनि खालको राज्यसत्ताको बाकुनिन व्लांकीहरूले विरोध गर्नुहुन्थ्यो । तर, मार्क्स, एंगेल्सले साम्यवादी समाजको शुरुवातमा पुरानो राज्यसत्ता ध्वंश गरी सर्वहारावर्गको अधिनायकत्वमा केही समय राज्य रहनुपर्छ भन्ने वकालत गर्नु भएको थियो । त्यहीबेला सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवादको कुरा जोडतोडले उठेको हो ।

उत्तरको चीनमा चिनियाँ विशेषतासहितको बजार समाजवाद दक्षिणतर्फ भारतको संविधानमा उल्लिखित संसदीय समाजवाद र नेपालको संविधानमा भनिएको उन्मुख समाजवाद पनि रूसको अक्टोबर क्रान्तिको प्रभाव अन्तर्गत नै आजको स्वरूपमा प्रकट भएको देखिन्छ ।

उहाँहरू साम्यवादी व्यवस्था, कम्युनको हिमायती हुनुहुन्थ्यो । मूल कुरा वर्गबिहीन व्यवस्था शुरू गर्ने कि नगर्ने भन्ने थियो । सर्वहारा वर्गले नयाँ व्यवस्थाको रक्षार्थ नयाँ प्रकारको राज्यसत्ताको प्रयोग, प्रणालीको प्रयोग गर्ने जसलाई उहाँहरूले सर्वहारावर्गको अधिनायकत्व भन्नुभयो । सामन्ती या पुँजीवादी राज्य व्यवस्थाभन्दा भिन्न कुरा उठाउनुभएको थियो, जसलाई लेनिनले १९१७ को मार्चमा लेखिएको परदेशबाट पत्र (लेटर फ्रम अफार) मा पनि उल्लेख गर्नुभएको छ । वैज्ञानिक समाजवाद सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत काल्पनिकभन्दा भिन्न अराज्यवादीहरूभन्दा पनि फरक तवरले चलाउने भन्ने सन्दर्भमा प्रयोग गर्नुभएको थियो । यहाँनेर प्रष्ट पार्नुपर्ने कुरा के छ भने समाजवाद कुनै अलग्गै चरण थिएन उहाँहरूको विचारमा । यो साम्यवादी व्यवस्था या कम्युनहरूको निर्माणक्रमको प्रारम्भिक चरण मात्रै थियो । स्थायी व्यवस्था होइन । यस अर्थमा हामी समाजवादी होइनौँ, कम्युनिष्ट हौँ । हाम्रो व्यवस्था पनि कुनै समाजवादी व्यवस्था होइन, साम्यवाद, कम्युनको संसार बनाउने र त्यो अहिले र यहीँंबाट शुरू गर्ने हो भन्ने नै थियो । साम्यवादको पाइला त हो, शुरुवात त हो, तर गन्तव्य होइन । बरु, नयाँजनवाद समेत साम्यवादअन्तर्गतको पाइला हो ।

हरेक समाज, मानव समाज सबै चरण, युग, व्यवस्थाबाट गुज्रन्छ नै, या गुज्रनैपर्छ भन्ने अनिवार्य छैन । पेरिस कम्युनपछि अहिले उपलब्ध ज्ञान, बुद्धि, प्रविधि, गरिमा र प्रतिभाले पुँजीवादी प्रक्रियाबाट अहिलेको समाज गुज्रनै पर्छ भन्ने छैन । हामी सिधै साम्यवादमा जान सक्छौँ । साम्यवाद न त कुनै गन्तव्य हो, न त यात्रा मात्र । यो त वर्गीय बन्धनहरूबाट मुक्तिको सवाल हो । साम्यवादको शुरूवात अहिले र यहीं नै व्यक्तिगत, सामूहिक र सार्वजनिक तहमा सम्भव छ । सम्झौताको चरणमा समाजवाद, नयाँ जनवाद वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ला त्यो बेग्लै कुरा हो । विज्ञान के लाई भन्ने ? वैज्ञानिक के लाई भन्ने ? कुनै कुरा वैज्ञानिक हुनलाई केके कुरा हुनुपर्छ ? साक्षी, दसी प्रमाणले सावित नगरी कुनै पनि कुरा वैज्ञानिक ठहर्दैन । प्रदत्त शर्तहरूभित्र बारम्बार उस्तै नतिजा आउने प्रक्रिया र परिणामलाई वैज्ञानिक भनिन्छ । जुन तथ्यहरूलाई गलत अथवा सही सावित गर्न सकिँदैन त्यो विज्ञानमा पर्दैन । यो नियम समाजवाद साम्यवादमा पनि उत्तिकै लागू हुन्छ ।

त्यतिबेलाको रूसी समाजमा दासानुदास मजदुरहरू, भुदासहरू र कृषकहरूको व्यापकतामा पहिलो महायुद्धले जर्जर भुखमरी, हीम हुरी माझ अक्टोबर क्रान्ति सम्पन्न भयो । अक्टोबर क्रान्तिपछि लेनिनले सानो बालकलाई देखाउँदै २० वर्षमा यो बालक साम्यवादी व्यवस्थामा जिउँछ भन्नु भएको थियो ।

सबभन्दा पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ । मार्क्स, एंगेल्सको दृष्टिमा एंगेल्सले समाजवाद वैज्ञानिक या काल्पनिक भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रबर्ट ओयन, सेन्ट साइमन, फुरिएहरूको असाध्यै प्रशंसा गर्दागर्दै पनि मजदुरहरूलाई काल्पनिक समाजवाद होइन वैज्ञानिक समाजवाद अभ्यास गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ । त्यतिबेला युरोपका अराज्यवादीहरूले पनि साम्यवादी समाजवादी व्यवस्थाको पक्षपोषण गरिरहेका थिए, कुनै पनि खालको राज्यसत्ताको बाकुनिन व्लांकीहरूले विरोध गर्नुहुन्थ्यो । तर, मार्क्स, एंगेल्सले साम्यवादी समाजको शुरुवातमा पुरानो राज्यसत्ता ध्वंश गरी सर्वहारावर्गको अधिनायकत्वमा केही समय राज्य रहनुपर्छ भन्ने वकालत गर्नु भएको थियो । त्यहीबेला सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवादको कुरा जोडतोडले उठेको हो ।

उहाँले त्यसलाई व्याख्या गर्दै समाजको विकासका चरणहरूलाई व्याख्या पनि गर्नुभएको छ, इतिहासले के देखाउँदछ भने भिन्नाभिन्नै बेलामा मानिसहरु भिन्नाभिन्ने विचार तथा इच्छाहरुबाट अभिप्रेरित रहेका थिए । त्यसको कारण के हो भने भिन्नाभिन्नै बेलामा मानिसहरू आफ्नो खाँचो पूर्ति गर्न भिन्नाभिन्नै ढंगबाट प्रकृतिसित लडेका थिए र तद्अनुसार, उनीहरूका आर्थिक सम्बन्धहरूले भिन्नाभिन्नै रूपहरू लिएका थिए । कुनैबेला मानिसहरू प्रकृतिसित सामूहिक रूपले आदिम साम्यवादका आधारमा लडेका थिए । त्यसताका उनीहरूको सम्पत्ति साम्यवादी सम्पत्ति थियो । यस्तो एक बेला आयो जब मेरो र तेरो को भेदले उत्पादनको प्रक्रियामा प्रवेश गर्यो । त्यसबेला सम्पतिले पनि निजी व्यक्तिवादी चरित्र धारण गर्यो र त्यसबेला मानिसहरूको चेतना निजी सम्पत्तिको भावबाट ओतप्रोत रह्यो । अनि यस्तो समय, वर्तमान समय आयो, जब उत्पादनले फेरि सामाजिक चरित्र धारण गर्दैछ र त्यसैले सम्पत्तिले पनि चाँडै नै सामाजिक चरित्र धारण गर्नेछ र त्यही कारणले गर्दा मानिसहरूको चेतनामा बिस्तारै समाजवादबाट अभिप्रेरित हुँदैछ (स्टालिन, सर्वहारा समाजवाद) ।

राजनीति यो दुनियाँमा मुख्यतः वर्गहरु उत्पन्न भएर राज्यको शुरुवात भएपछि निस्केको नयाँ धन्दा हो । आधुनिक मानव (होमो स्यापियन्स)को अस्तित्व डेढ लाख वर्षको वरपर रहेको पुरातात्विक मानवशास्त्रीहरुको ठहर छ । यो वर्गीय पार्टीगत राजनीति फ्रान्सेली राज्य क्रान्तिपछि भित्रिएको पेशा हो । हरेक वर्गहरूले आफ्नो हित रक्षार्थ पार्टीहरू खडा गर्ने गर्दछन् । वर्गीय दुनियामा सर्वहारा वर्गले आफ्नो वर्गको हित रक्षार्थ पार्टी उभ्याउने गरिएको हो । समाजवादी वा मजदुर वा कम्युनिष्ट पार्टी त्यसैको उपजको रूपमा अघि आएको हो । वर्गहरु नभएपछि, वर्गहरुको स्वार्थ रक्षा गर्ने बाध्यता रहन्न र राजनीति पनि रहन्न । वर्गबिहीन वैज्ञानिक समाजतन्त्र वा साम्यतन्त्रमा राजनीति भन्ने पेशाको आवश्यकता रहन्न । वर्गहरु पनि रहन्न र पाटीहरू पनि रहन्न । रहँदैन भन्दा पनि त्यसको आवश्यकता ने पर्दैन । पार्टी चाहिने जे कामका लागि हो, त्यो कामबाट निक्कै अगाडि पुगिसक्छ समाज र त्यहाँ पार्टीहरु अस्तित्वविहीन हुनेछन् । त्यहाँ राजनीति सुन्दर विगतको स्मृति मात्र बन्छ ।

पुँजीवादबाट साम्यवादमा संक्रमणले एउटा पूरै ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ । यो युुग नसकिएसम्म शोषकहरु अनिवार्य रूपले पुनःस्थापनाको आशा राखिराख्छन र सो आशा पूरा गर्न उनीहरू पुर्नस्थापनाको प्रयत्नमा लाग्दछन् ।
त्यस्तै साम्यवाद वा वैज्ञानिक समाजवादमा संस्कृतिहरू पनि साँचो अर्थमा मानवीय संस्कृति बन्छ । सबै खालको वर्गीय संस्कार, व्यवहार, रीतिरिवाज, चालचलनका चाडपर्वहरु जेजति आवश्यक हुन्छ ती सबै मानवीय चाडपर्व संस्कृतिका रुपमा विकसित हुन्छन् । साम्यवाद निकट भविष्यको जरुरी रुप र गतिशील दिग्दर्शक विचार हो, परन्तु साम्यवाद श्रमकै मानव विकासको लक्ष्य, मानव समाजको रूप होइन ।

पुँजीवादी समाजमा अतितले वर्गमानमा शासन गर्दछ । साम्यवादी समाजमा वर्तमानले आतितमाथि शासन गर्दछ भनेर मार्क्सले यसको महत्वबारे उचित ध्यानाआकर्षण गराउनु भएकै छ हाम्रो ।

नेपालको सन्दर्भमा हिमाल, पहाड, तराई, पूर्व, मध्य, पश्चिमका नेपाली समाजको सन्दर्भमा वैज्ञानिक समाजवाद भनेको के हो र त्यसले कसरी अनेकखाले विभेद, बहिष्करण, भेदभाव जातभात, छोइछिटो, दमन, उत्पीड़न, शोषण र शासनमा परेका समुदाय, वर्गलाई सम्बोधन गर्छ भनेर हामीले विमर्शहरू चलाउन र बुद्धि सचेततापूर्वक सक्रिय गराउन जरुरी देखिन्छ । भूकम्पले आठ लाखभन्दा बढी घरहरू विनास भएको छ । बाढीले गर्दा हजारौँ मानिसले ओत र उत्पादन गुमाएका छन् । समाजमा भेदभाव, बलात्कार, शोषण, अत्याचारको ग्राफ उकालो लागिरहेको छ । मधेसको मामिलामा, महिला, कथित दलितको, मुसहर, चमार, दोम इत्यादिको मामिलामा वैज्ञानिक समाजवाद के हो ? जुम्ला–हुम्लामा वैज्ञानिक समाजवाद कसरी हुने ?

मनुवादले कथित ब्राम्हणवादले प्राचीन रुढी रीतिरिवाजले ग्रस्त भएको समाजलाई कसरी सम्बोधन गर्छ वैज्ञानिक समाजवादले ? सामन्ती संस्कृति, पुँजीवादी या साम्राज्यवादी संस्कृतिले जसरी संक्रमित गरेको छ समाजलाई ? त्यस विषयमा कसरी हल खोज्छ वैज्ञानिक समाजवादले ? खोलाको किनारमा जिन्दगी गुजारेका मजदुरमा विदेश लागेका लगभग ५० लाख श्रमिकलाई वैज्ञानिक समाजवादले कसरी छुन्छ ? विदेशिएका युवाहरूको श्रमशक्तिको कारण गाउँघर उजाड र बाँझो हुन थालेको छ । खलबलिएको सामाजिक सन्तुलन आजको परिवेशमा, अवस्थामा वैज्ञानिक समाजवादी क्रान्तिका साथीहरु को हुने हो या त्यो यात्राका यात्रीहरू को हुने हो ? श्रमको समेत विश्वव्यापीकरण भइरहेको अवस्थामा वर्ग संघर्षका शक्तिहरु अन्यत्र तितरबितर हुन पुगेको छ । यस बुर्जुवा संविधान निर्माणको बेला पाँच महिनाको नाकाबन्दी लगायत अन्य हस्तक्षेप नेपाल मात्रैको वैज्ञानिक समाजवादी यात्रा दुष्कर हुने यथार्थ पनि छ ।

साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरु विचारधारात्मक र सामाजिक व्यववस्थाभन्दा बेग्लै छ, र यो मानव इतिहासमा सबभन्दा पूर्ण प्रगतिशील, क्रान्तिकारी र युक्तिसंगत व्यवस्था हो ।

पुँजीवादलाई फालेर अघि बढ्ने सन्दर्भमा उबेला लेनिनले सम्भावना, शक्ति, साधन र समस्याहरुबारे गराउनुभएको सचेततालाई अलिकति ध्यान दिनु उचितै हुनेछ–पुँजीवादबाट साम्यवादमा संक्रमणले एउटा पूरै ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ । यो युुग नसकिएसम्म शोषकहरु अनिवार्य रूपले पुनर्स्थापनाको आशा राखिराख्छन र आशा पूरा गर्न उनीहरू पुनःस्थापनाको प्रयत्नमा लाग्दछन् । सत्ताच्युत शोषकहरूले आफू सत्ताच्यूत होला भनेर आशा गरेका थिएनन् । त्यसैले जब उनीहरूको पहिलो गम्भीर पराजय हुन्छ, तब उनीहरू आफ्नो गुमेको स्वर्ग फर्काउन आफ्ना परिवारहरुको तर्फबाट दश दोब्बर शक्तिका साथ, सय दोब्बर भयानक जोश र घृणका साथ लडाईंमा उत्रन्छन् । पहिले रमाइलो र सजिलो जीवन बिताइरहेका आफ्ना परिवारलाई दुर्दशा, अभाव र ‘साधारण नरनारीहरु’को जस्तो श्रम यातनाबाट जोगाउन उनीहरु सारा शक्ति लगाएर लड्छन् । निम्न–पुंजीपति वर्गका व्यापक समूहहरु पुँजीवादी शोषकहरूको पछि लाग्छन् । यी समुदायहरूको सम्बन्धमा सबै मुलुकहरूको दशौँ वर्षको ऐतिहासिक अनुभवले के सिद्ध गरेको छ भने उनीहरू ढुलमुल रहन्छन् र हिच्किचाउने गर्दछन्, एकदिन सर्वहारा वर्गको पक्षमा लाग्दछन भने अर्कोदिन क्रान्तिका अप्ठ्याराहरूदेखि डराउँदछन्, उनीहरू मजदुरहरूको पहिलो पराजय वा अर्ध पराजय देखेर भयभित हुन्छन्, होस गुमाउँदछन्, बिना उद्देश्यले यताउता भाग्न थाल्छन् र एक शिविरबाट अर्को शिविरमा जान्छन् । (लेनिन संकलित रचनाहरु, भाग ३५, पृष्ठ ३५५)

के हामी यस विषयमा बिनाआग्रह, खोजी, छानबिन , जाँचबुझ, बहसहरू अघि बढाउन अब ढिला हुन लागिसकेको छैन र ? अहिले विश्वव्यापीकरणको चर्को रापले नेपाली समाज पनि डामिएको छ । औद्योगीकरणको चरमका कारण चीन र भारतको हावा, पानी, जमिन विशाक्त भइसकेको छ । हावापानीमा मिसिएर असी हजारभन्दा बढी टक्सिकहरू आउँछन् र मानव स्वास्थ्यमाथि सिधै हमला बोल्छन् । यसको हल कसरी गर्छ वैज्ञानिक समाजवादले आजको सन्दर्भमा ? कम्युनिष्ट भनेको के हो ? सामन्ती, पुँजीवादी, सर्वहारावादी र साम्यवादी भनेको के हो ? त्यसका भेदहरू के के हुन् ? जान्ने कसरी हो ? को कसरी सामन्ती हुने, के हुँदा सामन्ती र के के हुँदा पुँजीवादी के नहुँदा सामन्ती, या सर्वहारा वा कम्युनिष्ट हुने या नहुने हो ? कसैले कम्युनिष्ट नाम राखेर चलाउँदैमा र त्यो पार्टीको सदस्यता लिएकै भरमा कम्युनिष्ट भइन्छ ? त्यसका आधारहरू, न्युनतम गुणहरूहरूबारे सचेत अभ्यास गर्न र जनतामा चेतना अघि बढाउन कसरी अघि बदनुपर्ने हो ? के वर्गीय दुनियाँमा निवर्गीय मानिस हुन सकिन्छ ? के कम्युनिष्टहरूको पार्टी हुन्छ ? के हामी आफैँले आफैँसँग सोधखोज र घोत्लिन र सँगै बसेर मन मिल्ने पुराना मित्रझैँ मित्रालाप गरी उत्तर खोज्न सक्छौं ?

साम्यवादको यात्राबारे ब्याख्या गर्दै माओले विस्तारमा भन्नुभएको पनि छ-साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरु विचारधारात्मक र सामाजिक व्यववस्थाभन्दा बेग्लै छ, र यो मानव इतिहासमा सबभन्दा पूर्ण प्रगतिशील, क्रान्तिकारी र युक्तिसंगत व्यवस्था हो ।

राजनीतिको पनि, कुन राजनीतिको कुरा गर्ने हो ? कम्युनिष्टको राजनीति हुन्छ कि हुँदैन ? वैज्ञानिक समाजवादमा राजनीति हुन्छ कि हुँदैन ? या कस्तो राजनीति हुने हो ? कम्युनिष्टले पार्टी बनाउने कि नबनाउने ? मार्क्सले त कम्युनिष्टहरूलाई अलग कम्युनिष्ट पार्टी नबनाउन र मजदुरहरूको पार्टीमा प्रवेश गर्ने काम गर्ने भन्नुभएको छ । लेनिनले अप्रिल थेसिस भन्ने लेखमा अन्य समाजवादीहरूभन्दा पृथक हुन बोल्सेभिक पार्टीको सामाजिक जनतन्त्रवादी नामको सट्टामा कम्युनिष्ट नाम राख्ने प्रस्ताव गर्नुभयो र संसारभरिका मजदुर पार्टीहरूले आफ्नो नाम कम्युनिष्ट राख्न थालेका हुन् ।

डेलिगेट्सहरू वा प्रतिनिधिहरूको समितिलाई सोभियत भन्ने हो । प्रतिनिधित्वपूर्ण समाजवादको विषयमा पनि कसैले कसैको प्रतिनिधित्व कति कसरी गर्न सक्छ कि सक्दैन भन्नेमा पनि हामीले विमर्श चलाउन जरुरी छ । तपाईंको वारेस हुन सक्ला तर प्रतिनिधि कति होला ? वैज्ञानिक समाजवादमा प्रतिनिधि, लोकतन्त्र कति हामीले हाम्रो लागि हाम्रो मामला हामी आफैले हल गर्ने भन्ने कुरा हो ? हामीले सरल तरिकाले बुझ्ने कम्युन ।

साम्यवाद भनेको के हो ?
आफूलाई कम्युनिष्ट भन्ने तर, कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामी कहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई विग्रने यात्राको रूपमा प्रचार गरेर नोकरशाही एकमना मात्रै हैन पुच्छर समूह बनाउन हाम्रो आन्दोलनको सबैभन्दा बढी तागत खर्च गरियो । चाहिएको हामीलाई प्रश्न गर्ने, अध्ययन गर्ने, चिन्तन, छलफल, बहस गर्ने विशाल पंक्तिको थियो, हो तर हामी त्यसबाट भाग्यौं या रूचि राखेनौं र नै नेपाली कम्युनिष्ट अन्दोलन आजको अवस्थाबाट गुज्रन बाध्य भइरहेको छ । नेता मात्र होइन कमरेड चाहिएको हो ।

आजको समय सबैभन्दा बढी ग्रसित छ साम्राज्यवादी, पुँजीवादी हुंकारबाट, जो कलुषित र त्याज्य हुंकार सिवाय केही होइन । संसारभर क्रान्तिकारी आन्दोलन समाजवाद साम्यवादविरूद्धको धावा तेज बनाएको छ पुँजीवादले । अक्टोबर क्रान्तिको सन्दर्भ, वर्गीय दुनियाँ मेटाउने र निवर्गीय दुनियाँ विकास गर्ने कुरा सबैभन्दा चाहिएको नै अहिले नै हो । शत्रु जागेको बेला उसको ढलिमलीले गरीखानेहरुमाथि शोषण बढाएको बेला नै हो सबैभन्दा बढी आवश्यकता अक्टोबर क्रान्ति, वैज्ञानिक समाजवाद, साम्यवाद कम्युनिज्मको ।

साम्यवादको यात्राबारे ब्याख्या गर्दै कमरेड माओले विस्तारमा भन्नुभएको पनि छ, ‘साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरु विचारधारात्मक र सामाजिक व्यववस्थाभन्दा बेग्लै छ, र यो मानव इतिहासमा सबभन्दा पूर्ण प्रगतिशील, क्रान्तिकारी र युक्तिसंगत व्यवस्था हो । सामन्तवादको विचारधारात्मक र सामाजिक व्यवस्था त अब इतिहासको अजायब घरमा मात्र रहेको छ । पुँजीवादको विचारधारात्मक र सामाजिक व्यवस्था पनि संसारको एक भागमा (सोभियत संघमा) अजायब घरको एक चिज भइसकेको छ, र अरू देशहरूमा यो छिटोछिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैँ छ, र यसलाई छिट्टै अजायब घरमा लगेर राखिनेछ । साम्यवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ छ र यो पहाड पन्छाउने समुद्र पल्टाउने गति र बज्रको शक्ति लिएर संसारमा फिजिँदै छ ।’ (माओ, नौलो जनवादको विषयमा जनवरी, १९४०)

यदि सिंगो मानव समाजले जुन ढाँचाकाँचामा साहु जीवनशैली चलेको छ, त्यस्तो ढाँदामा जिउन साढे चारवटा थप धरतीले पनि धान्दैन भनी विज्ञहरु भन्दछन् । त्यसैले जीवनशैलीमा आमूल परिवर्तनबारे गम्भीर चिन्तन मनन गर्न, विश्वव्यापी कम्युनहरुको जिन्दगी जिउन हामी बाध्य भएका छैनौँ र ?

जो समृद्धिको कुरा छ हामीकहाँको, सविधानवाला संसदीय उन्मुख समाजवाद या हामीले उठाइहेको वैज्ञानिक समाजवादमा हुने हो ? केलाई समृद्धि भन्ने ? कतिलाई ? समृद्धि त हुन्छ नै, तर कतिलाई कसलाई कति ? दश प्रतिशत मानिसहरुलाई, नाइकेहरूलाई, अगुवाहरूलाई, ब्रोकरहरूलाई छेलोखेलो नै पुग्ला समृद्धि त । कहाँको स्रोत साधनले पुग्छ र मिल्ने समृद्धि ? मानव समाजको यत्नमा, यो धर्तीमा जति स्रोत र साधनहरु छन् त्यसले कतिलाई कति दिनलाई कतिसम्म पुग्छ समृद्धि भनेर हामीले हिसाब किताब गरेका छौं ?

राजनीति यो दुनियाँमा मुख्यतः वर्गहरु उत्पन्न भएर राज्यको शुरुवात भएपछि निस्केको नयाँ धन्दा हो । आधुनिक मानव (होमो स्यापियन्स)को अस्तित्व डेढ लाख वर्षको वरपर रहेको पुरातात्विक मानवशास्त्रीहरुको ठहर छ । यो वर्गीय पार्टीगत राजनीति फ्रान्सेली राज्य क्रान्तिपछि भित्रिएको पेशा हो । हरेक वर्गहरूले आफ्नो हित रक्षार्थ पार्टीहरू खडा गर्ने गर्दछन् । वर्गीय दुनियामा सर्वहारा वर्गले आफ्नो वर्गको हित रक्षार्थ पार्टी उभ्याउने गरिएको हो । समाजवादी वा मजदुर वा कम्युनिष्ट पार्टी त्यसैको उपजको रूपमा अघि आएको हो । वर्गहरु नभएपछि, वर्गहरुको स्वार्थ रक्षा गर्ने बाध्यता रहन्न र राजनीति पनि रहन्न । वर्गबिहीन वैज्ञानिक समाजतन्त्र वा साम्यतन्त्रमा राजनीति भन्ने पेशाको आवश्यकता रहन्न । वर्गहरु पनि रहन्न र पाटीहरू पनि रहन्न । रहँदैन भन्दा पनि त्यसको आवश्यकता ने पर्दैन । पार्टी चाहिने जे कामका लागि हो, त्यो कामबाट निक्कै अगाडि पुगिसक्छ समाज र त्यहाँ पार्टीहरु अस्तित्वविहीन हुनेछन् । त्यहाँ राजनीति सुन्दर विगतको स्मृति मात्र बन्छ ।

हामीसँग क्षमता नभएको होइन । हामी अहिले पनि एक अरब गाडी बनाउन सक्छौँ वर्षमा विश्वभर जम्मा भएको प्रविधिको योगमा । तर, त्यसलाई गुडाउने ठाउँ, बनाउने पदार्थ, चलाउने तेल, बिजुली, ऊर्जा कति पुग्छ हिसाब गरौँ । जहाँ औद्योगिक कृषि गरिएको छ, त्यहाँ साठी बालीभन्दा बढी खेती नै हुँदैन भनेर त आइसकेको छ । एउटा विषादीले काम नगरेपछि त्योभन्दा कडा किसिमको र त्यसलाई विस्थापन गर्न थप कडा गरी असी हजारभन्दा बढी विषादीहरु त आज उपयोग नै भएको छ । हामीकहाँ नै दूधदेखि पानीसम्म, तरकारी साग, गोलभेँडा, फलफूल कति खान हुने, कति खान नहुने विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा कति हमला भइरहेको छ, आज हामीले हिसाब गरेको छौँ ? आज हामी प्राणवायु हैन विषवायु, खाद्यान्न हैन विषादी खाइरहेका छौँ । यस्तै विकास हो हामीले खोजेको ? किन चाहिएको हो हामीलाई यस्तो विकास ? यस्तो समृद्धि ? होइन भने कसरी होइन र आजको समस्याबाट जसरी मानव समाज प्रताडित भइरहेको छ, त्यसबाट निकाल्ने हाम्रो प्रविधिको विकास के कसो हो ? प्रविधिबाट आउँछ भनेको समाजवादले यसलाई सम्बोधन गर्ने कसरी हो ? हाम्रो दरिद्रता, अविज्ञान र अविकासले ग्रस्त समाजमा हामीले भनिदिन त सकौँला प्रविधिले सबैथोक गर्छ भनेर, तर त्यो सबैथोक गरिदिने प्रविधि धान्ने पृथ्वीको स्रोतको आयु, जमिनको उब्जाउपन कति हो भनेर सँगै हिसाब पनि खोज्ने कि ? देखाउने कि ?

वैज्ञानिक समाजवादमा कस्तो हुने ? हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय अथृतन्त्र भएको विकास, समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको साइज अड्कल्ने हो । अहिलेसम्म कम्युनिष्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी, खेलौनालाई चीजबिजको छेलोखेलो बुझ्यो । छिट्टै नौ अरब नाघ्ने विश्व जनसंख्यालाई सामानको फालाफाल गर्न नहुने भएको तथ्य आएकै छ । पुँजीवादी जीवन शैलीको इन्कार र कम्युनिष्ट जीवन शैलीको स्वीकार आजको अनिवार्य आवश्यकता बन्दै गएको देखिन्छ । आवश्यकता र चाहनाको झिनो भिन्नतालाई छुट्याउन सकिएन भने जटिलताहरु थपिन्छ नै । सूचना र सेवा धेरै सामान थोरै भोग गर्ने पर्याप्तता पहुँचको समाज कम्यूनको समाज नै वैज्ञानिक समाजवाद हुन सक्छ । स्मरण योग्य के छ भने त्यो आधारभूत आवश्यकता मिलेको रूस किन भत्कियो ? रोटीले मात्र त नपुग्ने रहेछ । विचार, भावना पनि चाहिने रहेछ । भोगवादी भौतिकवादी भन्ने त छुट्याउनै पर्छ । अहिले पनि हामीले पृथ्वीभरीका मानिसका आधारभूत आवश्यकता पूरा गर्न सक्छौं । सबै चाहनाहरूको पूर्ति मायावी यथार्थ (भर्चुअल, मिश्रित र अगमेन्टेड रियालिटी) बाहेक चिजबिजहरूले कहिल्यै पूरा गर्न सकिन्न । सबैलाई साहुको सरहको जिन्दगी मिलाउने कति सम्भव छ, सोचौँ । छेलोखेलो गर्न नसकिने होइन नमिल्ने भयो । आजै हामीले पृथ्वी उपभोग गरिरहेका छौँ, अब आधा बाँकी छ । यसका स्रोतले कतिलाई पुग्छ विचार गरौँ । व्यक्तिगत, सामुहिक, सार्वजनिक सम्पत्ति राखेर निजी सम्पत्तिको मानसिकताविरुद्ध हामी उभिनैपर्छ । हामी भोगी भए पनि भोगवादी भने होइनौँ ।

मेशिनले के काम गर्छ, के गर्दैन ? साथै दोहोरिरहने, मोनटोनस र गह्रौं एवम् मानव स्वास्थ्यलाई अस्वस्थ गराउने सबै कामहरु यन्त्र मानव (रोबोट), स्वचालन (अटोमेशन), कृत्रिम वुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स), न्यानो टेक्नोलोजी, प्रिन्टिङ (एडिटिभ टेक्नोलोजी) ब्लकचेन र ह्यास ग्राफ, ड्रोन डेलिभरी मेसिनले गर्ने वातावरण शुरु भइसकेको छ । यी सबै प्रविधिहरू मानवका मात्र हुन्, तर चार घण्टा त मान्छेले काम गर्नैपर्छ । अन्तरिक्षमा गएका मानिसले सबैथोक पुग्दा पनि दैनिक चार घण्टा व्यायाम गर्छ अन्यथा शरीर कुजिन्छ भनेर ।

मानवजातिले ढुङ्गे युग (सिलिकन) र दाउरा तथा फोसिल फ्युलको अन्तिमतिर आइपुगेको छ र यसले क्वान्टम, अप्टिकल र बायो टेक्नोलोजी वैकल्पिक ऊर्जाको युगमा प्रवेश गरेको छ । यी सबै कुराहरू प्रविधि र मेसिनले गरिदिन्छ र त्यसैकारण मानिसमाथिको शोषण शासन उत्पीडनको सवालको हल गर्छ कि गर्दैन, छलफल जरूरी छ । नैतिकता र आचारसम्बन्धी गम्भीर समस्याहरू उत्पन्न भएका छन् । बस्तु र चीजबीजको तृष्णा पूरा गरेर साम्यवादी समाज या वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ भन्ने कुरा कतै इनारमा पानी तान्नका लागि चुहिने बाल्टीको प्रयोग जस्तो मात्रै त होइन भनेर हामी कसरी विश्वस्त हुने ? यो वैज्ञानिक समाजवाद गा साम्यवादी समाजमा भोगवादको अनियन्त्रित तृष्णा समन गर्न भौतिकीय द्वन्द्वात्मक कम्युनिष्ट ध्यान योग के सहयोगी हुन सक्छ ?

मानिसमाथिको शोषण शासन उत्पीडनको सवालको हल गर्छ कि गर्दैन, छलफल जरूरी छ । नैतिकता र आचारसम्बन्धी गम्भीर समस्याहरू उत्पन्न भएका छन् । बस्तु र चीजबीजको तृष्णा पूरा गरेर साम्यवादी समाज या वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ भन्ने कुरा कतै इनारमा पानी तान्नका लागि चुहिने बाल्टीको प्रयोग जस्तो मात्रै त होइन भनेर हामी कसरी विश्वस्त हुने ? यो वैज्ञानिक समाजवाद गा साम्यवादी समाजमा भोगवादको अनियन्त्रित तृष्णा समन गर्न भौतिकीय द्वन्द्वात्मक कम्युनिष्ट ध्यान योग के सहयोगी हुन सक्छ ?

थाहा चाहियो
तर, हामीले गरिआएको अभ्यासले आन्दोलनमै पनि नयाँ समस्याहरू, उल्झन र गतिरोधका खतरा पैदा गरेको छ । विद्वान त त्यो हो जसले अरूको गल्तीबाट सिक्छ । मूर्ख र मूढले मात्र आफनै गल्तीबाट सिक्दैन । यो लोकतन्त्र, पुँजीवाद मानव समाजमा चलेको पाँच सय वर्ष भयो । यूरोपेलीहरूले शुरू गरेको यो व्यवस्थाको म्याद गुज्रिसकेको छ । नेपालले त्यही पुँजीवादलाई, त्यसको मूल स्वरूपलाई कायम राख्ने वज्रस्वाँठ मन हुनु हो । समस्याहरू छन् भनेर समाजको गतिलाई रोकेर राख्न मिल्दैन । समस्या छ भने विकल्प पनि छ । अप्ठेरो भएपनि यात्रा सुरु गरौं र अघि बढौं, अलि अगाडिको घुम्तीपछिको यात्रा उज्यालो छ, सुन्दर छ ।

(रुसी अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन जनस्तरमा गठित समारोह समितिले तयार पारेको कार्यपत्रको अंश । यो अंश ‘मूलप्रवाह’मा छापिएको थियो ।)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…