आमा गुमाएका बालक ‘नवीन’ यस्तो अवस्थामा भेटिए (भिडियोसहित)

खेम बम
काठमाडौं । घटना डोटी दुर्घटनाको हो । डडेल्धुरामा अवस्थित उग्रतारा मन्दिरमा लाग्ने मेला हेरेर घर(डोटी) फर्कंदै गरेको यात्रु सवार विद्यालयको बस रडुवा खोलामा दुर्घटनाग्रस्त बन्यो । करिब ४० जना यात्रु बोकेको स्कुल बसमा बिद्यार्थी थिएनन् । मेला भरेर फर्केका डडेल्धुरा र डोटीका स्थानीयहरु र अन्य मानिस थिए । पुरानो अवस्थामा रहेको बसको ब्रेक डडेल्धुराको ओरालोमै बिग्रिसकेको थियो भन्ने घाइतेको भनाइ छ । घर जानका निम्ति हतारो र अरु गाडीको अभावले स्थानीय सोही बसमा यात्रा गर्नु बाध्यता थियो । घटना बाजा बजाएर नआउने भएकै कारण भव्यतव्यमा भएको थियो । बस आफ्नै वेगमा हुइँकिरहेको थियो, जब रडुवा खोला पुग्नै लाग्दा गाडीको ब्रेक फेल भयो बस दुर्घटनाग्रस्त बन्यो । बसमा सवार ४० मध्ये १८ जनाको मृत्यु भयो ।

केआई सिंह राजमार्ग अन्तरगत पर्ने रडुवा खोलाको सडक ओरालो भएपनि त्यति अप्ठ्यारो थिएन । दुर्घटना भएको स्थानलाई हेर्ने हो भने सामान्य छ । जहाँ दुर्घटनाको कल्पना गर्न सकिन्न । ओरालो र ठूला मोड कटाइसकेपछि सेतीको किनार पुग्नै लाग्दा दुर्घटना भएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु नै थियो । मनोकामना पुरा होस् भन्दै गएका सर्वसाधारणहरुले एकै चिहान बन्नुपर्ला भन्ने सोच्ने कुरै थिएन । जसमध्ये अधिकांश मानिसको बिचल्ली भएको छ । जसमा डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ का नवीन बिक परेका छन् ।

नवीनले आमालाई गुमाएका छन् । उनलाई बाबुको याद नै छैन । बुवाले सानै उमेरमा अर्कैलाई लगेर भागेको उनका छिमेकी बताउछन् । नवीनको हेरचाहमा दिपायलदेखि काठमाडौं आएकी छिमेकीका अनुसार नवीनको पारिवारिक अवस्था निकै नाजुक रहेको छ । उनलाई साँझ बिहान छाक टार्न समेत धौ–धौ छ । गिट्टी कुटेर, स्थानीयको फर्निचरमा काम गरेर आमाले नवीनलाई हुर्काइरहेकी छिन् । तर बिडम्बना उनको दुर्घटनामा मृत्यु भयो । नवीन मात्रै होईन् उनका दाजु र दिदी समेत टुहुरा बनेका छन् । घरमा हजुरबा, हजुरआमा बुढा छन् । हजुरआमा पनि गाडि दुर्घटनामा परेर केही समय अघिदेखि अशक्त छन् । खरले छाएको टहरामा दिन गुजारिरहेका नवीनको जीवनमा बज्रपात परेको छ ।

काठमाडौंस्थित डोटेली समाजले नवीनको स्वास्थ्योपचारमा सहयोगको प्रतिबद्धता गरेको छ । धेरै रकम उठिसकेको डोटेली समाजका सह–कोषध्यक्ष टेक बलमे जनता समाचार डटकमलाई जानकारी दिनुभयो । करिब डेढ लाख रकम उठिसकेको छ । बाँकी सहयोग रकम उठ्ने क्रम जारी छ । उठेको रकम नवीनलाई पढाउन र उसको बाँकी जीवन अर्थात् कमाउन सक्ने नहुन्जेलसम्म पालनपोषण गर्नका निम्ति खर्च गरिने बमले बताउनुभयो । अहिले नवीनको अवस्था क्रमिक रुपमा सुधार भइरहेको छ ।

सहयोग गर्नका लागि डोटेली समाज काठमाडौंका सह–कोषध्यक्ष टेक बमको अपिल
नवीन बिक(नाबालक), कुमारी बैंक लिमिटेड, पुतलीसडक शाखा
खाता नम्बर– ००१००३७५५४९००००१
डोटेली समाज काठमाडौं, कृर्षि विकास बैंक
खाता नम्बर– ०४०४१२ (डिजिटल नम्बर ०२१०२०००५४६४७०११)

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…