एड्स दिवसः छ संक्रमित, दुईको मृत्यु

पाँचथर । एचआइभी एड्सबाट छ जना संक्रमित भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार एड्स दिवसको अवसर पारेर सो तथ्याङ्क सार्वजनिक गरेको हो । एचआइभी एड्सका कारण दुई पुरुषहरुको मृत्यु तथ्याङ्कमा उल्लेख छ । त्यस्तै जिल्लामा छ जना एड्स संक्रमितहरुले नियमित औषधी सेवन गर्दै गरेको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा वुद्धिबहादुर थापाले बताउनुभयो । संक्रमित छ मध्ये दुई जोडी श्रीमान् श्रीमती रहेका उहाँले जानकारी दिनुभयो ।

दिवसमा कार्यक्रम
फिदिम नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा भएको कार्यक्रम एचआइभी एड्स विरुद्धको प्लेकार्ड र नाराअङ्कित व्यानरसहित ¥यालीले बजार परिक्रममा गरेको थियो । डिसेम्बर १ अर्थात् विश्व एड्स दिवसको अवसरमा फिदिममा एचआइभी एड्स नियन्त्रणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका विषयक निबन्ध प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।

प्रतियोगितामा रमा पौडेल प्रथम, विष्णु श्रेष्ठ द्वितीय, शुसिला तामाङ तृतीय र पवित्रा चापागार्इं सान्त्वना भएका थिए । विजेतालाई फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्याय र जिल्ला अस्पतालका प्रमुख वुद्धिबहादुर थापाले नगद पुरस्कार वितरण गर्नुभएको थियो । नेपालमा ३१ हजार २० संक्रमितमध्ये १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेको साथै विश्वमा तीन करोड ६९ लाख बढी एड्स संक्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ भन्ने मूल नाराका साथ सञ्चालित ३१औँ विश्व एड्स देशैभर मनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…