रिजको भूमिका अब्बल

काठमाडौं । नेपालको शैक्षिक क्षेत्र सुधारमा सरकारसहित निजी क्षेत्रको योगदान महत्वपूर्ण छ । २००७ सालमा दुई प्रतिशतमा सीमित साक्षरता दर असी प्रतिशतको हाराहारीमा पुगेको छ । अझ, नेपालमा केही यस्ता शैक्षिक संस्था पनि छन्, जसले अन्तरराष्ट्रियस्तरको जनशक्ति उत्पादन गरिरहेका छन् । त्यस्तैमध्ये एक शैक्षिक संस्था हो बालकुमारीस्थित रिज कलेज ।

बालकुमारीस्थित रिज कलेजले नयाँ विद्यार्थीलाई उत्कृष्ट शैक्षिक नतिजासँगै उत्तरदायी बन्ने सन्देश दिँदै शपथ गराएको छ ।

सफल शैक्षिक संस्थाबाट उत्कृष्ट नतिजा ल्याएकाहरू परिवार, समाज र देशप्रति इमानदार नभएका उदाहरण थुप्रै छन्, परदेशप्रतिको मोह र व्यक्तिगत स्वार्थमा परेर । यही परिदृष्य देखेको र बुझेको रिज कलेजले नयाँ अभ्यास गराएको हो । कलेजको यस्तै नयाँ र सिर्जनात्मक प्रयोगकै कारण उत्कृष्ट कलेज बनेकामा सरकारबाट समेत प्रशंसित रहेको शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालयका सचिव खगराज बरालले बताउनु भयो ।

रिज कलेजमा बीबीए, बीएचम र बीई इन्जिनिरिङ पढाइ हुने गरेको छ भने अनुशासित, उत्तरदायी र सिर्जनात्मक प्रयोगले स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयको उत्कृष्ट विद्यार्थी उत्पादनमा रिज कलेजको भूमिका रहँदै आएको अध्यक्ष डा. विजयकुमार पौडेलले बताउनु भयो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…