‘तेस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकत्तामा हुने

काठमाडौं । ‘तेस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकत्तामा  हुने भएको छ । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चले मङ्सिर २२ र २३ गते सम्मेलन गर्न लागेकाे हो।

भारत, भुटान , म्यान्मार र  नेपालका साहित्यकार सहभागी हुने सम्मेलनमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गो र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घबाट सहयोग हुने कार्यक्रम संयोजक नारायणप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

सम्मेलनमा डा अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति’, डा रामजी तिमिल्सिनाले ‘डायस्पोरा नेपाली साहित्य’ र प्रा टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । ‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषा हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा छलफल हुनेछ ।

सम्मेलनमा वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्य सङ्ग्रह बङ्गाली भाषा र टीकाराम गोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता सङ्ग्रहको विमोचन गरिनाका साथै तुल्सी प्रभासद्वारा सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरिनेछ । नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हरिहर शर्मा, राजेन्द्र शलभ, रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, सुभद्रा भट्टराई, गोकुल अधिकारी लगायत सहभागी हुनेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…