महन्तले विद्यापीठको जग्गा बेचेपछि पक्राउ पुर्जी

प्रमोदकुमार साह
जनकपुर । मठको जग्गा बेचेर पटकपटक विवादमा आइरहने रत्नसागर मठका महन्त बैकुण्ठ दासविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीपछि महन्त दास फरार भएका छन् ।

दासले संस्कृत विश्वविद्यालयअन्तर्गत हजारी जनक विद्यापीठको अर्बौँ रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा अदालतले पक्राउका लागि वारेन्ट जारी गरेको हो । दासले नक्कली लालपुर्जा बनाएर एक जनालाई जग्गाधनी बनाएर बेचेको र जग्गा आफ्नो रहेको दाबी गर्दै अदालतमा मुद्दा दिएपछि उनी आफैँ फसेका हुन् । धनुषा जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी पाए पनि महन्त दास एक सातादेखि फरार छन् । उनलाई खोज्न प्रहरी टोलीसमेत परिचालन गरेको छ ।

नक्कली लालपुर्जा धनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का अशोककुमार शर्माका बयानका आधारमा अदालतले धनुषा प्रहरीलाई महन्त दासलाई पक्राउ गर्न वारेन्ट जारी गरेको हो । २ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ८ को अढाइ बिघा गुठी जमीनको कीर्ते जालसाजीमा दास, जग्गाधनी र शर्मालाई मोही बनाइएको छ । यता नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी वृद्धाश्रम छेउमै रहेको करोडौँ मूल्य पर्ने २ कठ्ठा जग्गा रेजा आलमलाई ४० लाख रुपैयाँमा बेचेको स्थानीयले बताए ।

जनकपुरधाममा संस्कृत विश्वविद्यालय स्थापनाका लागि जग्गाधनी रामचन्द्र साहले आङ्गिक कलेज जनक हजारी विद्यापीठका लागि दिएको जग्गामध्ये करिब ३ बिघा रतनसागर मठका महन्तले बेच्ने हल्ला चलेपछि स्थानीयस्तरमा निकै विरोध भएको थियो । तर रतनसागर मठका महन्त वैकुण्ठ दासले भित्रभित्रै गुठी संस्था जनकपुरधामलाई समेत छलेर मालपोत कार्यालय धनुषाबाट नक्कली लालपुर्जा लिई कलेजमाथि जाइलागेका थिए । महन्त दासले कलेजको जग्गा कीर्ते जालसाजी गरी बेचेपछि उनले आफ्नो जग्गा रहेको दाबी गर्दै अशोककुमार शर्माले कलेजविरुद्ध अदालतमा मुद्दा दिए । पछि कलेजले समेत ठगी तथा जालसाजीको मुद्दा गुठी संस्था जनकपुर, महन्त वैकुण्ठ दास र शर्मामाथि समेत मुद्दा हालेपछि महन्तसँग रहेको लालपुर्जा नक्कली रहेको गुठी संस्थानले अदालतमा प्रमाण पेस गरेपछि महन्थ दासको जालासाजी खुलासा भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…