कविताः लक्ष्मीजयन्ती

–तिला लेकाली

पोहोर झैँ यसपाली पनि
फटाफटआयो लक्ष्मीजयन्ती
र, सरासर नेपाली मनमा गएर बस्यो
बर्खाभरीको दर्के पानीले निथ्रुक्क भिज्दै
लगाएको हो धान, कोदो, मकै बाली
बर्खाको दर्के झरी छैन अहिले,
हटेर हिलोकाधो स्वच्छ छ आकाश
न कतै छ धूलोको गन्ध
सुनैसुनको बहार लिएर आएको छ शरद
देखिँदैनन् कतै भोका र नांगा पेटहरु
पहेलपुर पाकेको धानसँगै आयो
मकैका घोगासँगै आयो
र, भित्रियो भकारीमा लक्ष्मीजयन्ती

फूलबारीमा मखमली, सयपत्री, गोदबारी बनेर आयो
झिलिमिली बत्तीका लहरसँगै
देउसी, भैली बनेर आयो लक्ष्मीजयन्ती
ढिकीमा चामल कुटिएर सेलरोटी बनेर आयो
देउसीभैलीको तुमिल धुन बनेर आयो
वास्तबमै बालक, युवा, वृद्ध सबैको उमंग बनेर आयो
चारो खोज्न उडेका चराहरुको स्वदेश फिर्तीसँगै
खुशी बोकेर आयो लक्ष्मी जयन्ती यसपाली पनि

सानुमायाले पनि उनी गोदाबरीको लामो माला
र, सम्झिँदै भनी, ‘दाइ,पोहोर पनि आएनौ’
यसपाली त तिहार नलाग्दै आऊ है !
म ओखेर फोरेर यमराज हर्काउछु
सप्तरंगी टीका लगाइदिएर तिम्रो लामो आयु माग्छु
तिमी दशैँमै आउने भन्थ्यौ, किन सम्पर्कविहीन छौ ?
यी आँखा तगारोमै ओछ्याइरहेकी छु
दशैँका जमरा तिम्रै पर्खाइमा ओइलिएर मरे
थर्थराउँदै बूढी आमाले मुछेका अक्षता थालीमै सुके
आमाको एउटै मात्र घिडघिडो छ, बाबु तिमी आयौ ?
भनिरहनुहुन्छ ,बाबु तिमी आयौ ?
हो, यसै भन्दै बितेका थिए बाबा पनि पोहोर साल

भाइ बेगारी भो, गाउँभरिका आबारा बटुलेर
नानाभाँती गरिरहन्छ
तिमीले पैसा, पैसा, पैसा भनेर नै
भाउजुले छोडेको हो घर पोहोर साल
म यहाँ बेसाहारा जस्तै बनेकी छु

तिमी मालिक हौ दाइ, दास नबन
सयौँ खोला छन्, विद्युत् निकाल्न
पानी बनेर हिमाल खेर गइरहेछ
प्राकृतिक हाम्रा हिमालका दृश्य
विदेशीले कैद गरेर क्यामरामा
करोडौं डलर साटिरहेछन्
अनन्त हिमाल, खोला, नालाहरु बेहिसाब अलपत्र छन्
रोइरहेछन बाँझा खेतहरु
लेक, बेसी र तराइका मलिला फाँटहरु
हामी मृगतृष्णा दौडिरहेछौ
आफैँलाई नचिनेर, आफ्नै सुगन्ध नभेटेर कस्तुरी झैँ

प्रशस्त बाँझो हाम्रो जमीन छ
यहीँको माटोका डल्ला ठोकौँला
पसिनाले भिजाएर धान, फलफूल रोपौँला
व्यावसायिक गाईभैँसी, भेडा, सुँगुर पालौँला
देवकोटाले भन्नुभए जस्तै
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएर बस्नु आनन्द मनले
हो, तिमी आऊ दाइ, सारा खुशी लिएर आऊ
सिङ्गो गाउको खुशी लिएर आउ
सिङ्गो देशको खुशी लिएर आऊ
यसपाली आऊ, आजको औँसीको रात जस्तै
देशको अँध्यारो चिर्दै
बनेर उज्यालो लक्ष्मी जयन्ती ।

–बेलबारी, मोरङ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…