महारानीलाई सती पठाउँदै यसरी नायक बने भीमसेन थापा

सुगौली सन्धिको केही महिनापछि १९ वर्षको उमेरमा गीर्वाणयुद्ध विक्रमको मृत्यु भयो । जेठी रानी सिद्धीलक्ष्मी देवीलाई काजी भीमसेन थापाले सती पठाए । राजगद्दीका उत्तराधिकारी राजेन्द्र वीर विक्रमकी आमा गोरक्षराज्य लक्ष्मीको पनि यसको १४ दिनपछि मृत्यु भयो । राजगद्दीलाई १ दिन पनि खाली राख्न नहुने परम्परा भए पनि भीमसेन थापाले त्यसको पर्वाह गरेनन् । १७ दिनसम्म राजगद्दी खाली रह्यो । गीर्वाणयुद्ध विक्रमको मृत्यु भएको १८ दिनपछि तीनवर्षका बालक राजेन्द्र विक्रमलाई भीमसेन थापाले राजगद्दीमा राखे । गीर्वाणका दुवै रानी नभएका हुनाले बजै ललित त्रिपुरासुन्दरी नाबालक राजाकी संरक्षिका बनिन् । वास्तविक नायकका रूपमा भीमसेन थापा यथावत रहे ।

भारतीय भू–भागमा आफ्नो आधिपत्य कायम राख्न पर्वतीय भू–भागको गहन भूमिका हुन सक्छ भन्ने कुरामा चतुर अंग्रेजहरुको दृष्टि पुगिसकेको थियो । चिरंजीविलाल श्रेष्ठ (वैद्य) का शब्दमा- ‘भारतमा अंग्रेज शासनले जग हाल्नु अघि नै काठमाण्डौ उपत्यकामा र अरु पहाडी क्षेत्रहरुमा पूर्व निर्धारित योजना अनुसार अनेक प्रकारका छद्मभेषमा अंग्रेजहरु आफ्नो प्रभाव विस्तार गर्ने काम सुरु गरेका थिए । दार्शनिक उद्देश्य र धार्मिक नीति लक्ष्य गरी चलाइएका यिनीहरुका संस्थापनहरु कुटनैतिक चालबाजी र राजनीतिक आधिपत्य जमाउनको निम्ति आवश्यक वातावरण सिर्जना गर्ने र उपाय पत्ता लगाउने काममा लागि रहन्थे।’ समय आउदा यिनीहरु युद्घका निम्ति पनि तयार हुन्थे । नेपाल एकीकरण अभियानमा थियो । अग्रेजहरु भारतमा आफ्नो सम्राज्यको जग बलियो बनाउँदै थिए । मुख्तियार भीमसेन थापा सचेत थिए ।

–गोविन्द ज्ञवाली

आफ्नो र राज्यको समेत शक्ति विस्तारका लागि मुख्तियार भए लगत्तै भीमसेन थापाले साना काजी भनेर चिनिने आफ्ना पिता अमर सिंह थापालाई नेपाल दरबारको आश्रित बनेको पाल्पा दरवारको जिम्मेवारी सुम्पेका थिए । अर्का बडाकाजी भनेर चिनिने थापा परिवारका सेनानायक अमर सिंह थापा पहिलेदेखि नै पश्चिमतिर राज्य विस्तारका लागि खटिएका थिए । त्यतिबेला भीमसेन थापाको ध्यान पहिलेदेखि नै आश्रित र अधीनस्थ भइसकेका पाल्पा र गढवाल राज्यतिर गयो । उनले यी दुवै राज्यलाई कब्जा गरेर गढवालदेखि पश्चिमतिर बढ्न नेपाली सेनालाई आदेश दिए । यस आदेशको पालन गर्ने क्रममा बलभद्र कुँवर, भक्ति थापा र वडाकाजी अमरसिंह थापा जस्ता सेना नायकहरूको प्रयासबाट यमुना नदीदेखि पश्चिमतिरका शिरमोर लगायतका बाह्र ठकुराई राज्यहरू नेपालमा गाभिए । नेपालको सीमा सतलज नदीसम्म पुग्यो ।

नेपालले जति जति सीमा विस्तार पूर्वदेखि पश्चिमतिर गर्दै थियो, लगभग त्यसकै समानान्तरमा भारतीय भू–भागमा इस्ट इण्डिया कम्पनीले पनि आफ्नो साम्राज्यको विस्तार गरिरहेको थियो । दक्षिणको मराठा शक्ति र पश्चिमको पंजावी शक्ति कम्पनि सरकारका प्रमुख अवरोधक थिए । त्यसै वखत उसको अधीनस्थ भूभागको समानान्तरमा नेपालको उपस्थिति कम्पनी सरकारका लागि एक अर्को चुनौति बन्यो । यसलाई सामना गर्न कम्पनी सरकारले तत्कालीन स्यूराज (अहिलेको कपिलवस्तु र रूपन्देही) जिल्लामा नेपालले आफ्नो दाबी छोड्नु पर्ने मागलाई तेर्साएर सन् १८१४ को नोभेम्वर १ का दिन नेपाल विरुद्ध युद्धको घोषणा ग¥यो ।

कम्पनी सरकारका गभर्नर लर्ड मोइराले व्रिटिश जनरल अक्टरलोनीलाई कमाण्डरको पदवीका साथ यस युद्धको संचालन गर्ने जिम्मेवारी सुम्पे । अक्टरलोनीले पूर्वको भारतीय सीमावर्ती क्षेत्र सुगौली, मध्यको गोरखपुर र पश्चिमको देहरादुनबाट आफ्नो सैन्यशक्तिको विन्यास गरी एकै पटक तीनतिरबाट नेपाल विरुद्ध आक्रमण शुरु गरे । लगभग १२ हजार संख्याको अक्टरलोनीको सैन्यशक्ति नेपाल विरुद्ध युद्ध मैदानमा ओल्र्यो । कम्पनीको सेनासँग आधुनिक हतियार थिए । नेपाली सेनासंग सिन्धुलीको युद्धमा हात पारेका केही आधुनिक हतियारहरू वाहेक अरु कुनै नयाँ प्रविधिका हतियारहरू थिएनन् । नेपाली सेनासँग घरेलु आरनमा वनेका भरुवा वन्दुक, खुडा, तरवार र खुकुरीहरू थिए । यिनैका भरमा नेपाली योद्धाहरू वहादुरीपूर्वक लडे ।

नेपालले जति जति सीमा विस्तार पूर्वदेखि पश्चिमतिर गर्दै थियो, लगभग त्यसकै समानान्तरमा भारतीय भू–भागमा इस्ट इण्डिया कम्पनीले पनि आफ्नो साम्राज्यको विस्तार गरिरहेको थियो । दक्षिणको मराठा शक्ति र पश्चिमको पंजावी शक्ति कम्पनि सरकारका प्रमुख अवरोधक थिए । त्यसै वखत उसको अधीनस्थ भूभागको समानान्तरमा नेपालको उपस्थिति कम्पनी सरकारका लागि एक अर्को चुनौति बन्यो । यसलाई सामना गर्न कम्पनी सरकारले तत्कालीन स्यूराज (अहिलेको कपिलवस्तु र रूपन्देही) जिल्लामा नेपालले आफ्नो दाबी छोड्नु पर्ने मागलाई तेर्साएर सन् १८१४ को नोभेम्वर १ का दिन नेपाल विरुद्ध युद्धको घोषणा ग¥यो ।

कुमाउ गढवाल क्षेत्रका जनताहरूमा नेपाली सेनाले राम्रो प्रभाव पार्न सकेको थिएन । रसद संकलनको क्रममा भएको कडाइले यहाका अभावग्रस्त जनताहरू नेपाली सेनाको भित्रभित्रै विपक्षमा थिए । यस यथार्थको सूक्ष्म विश्लेषण गरेको कम्पनिको सेनाले यहाका सर्वसाधारण जनताबाट यस क्षेत्रका गल्छी, गौडा, बाटो र पानीका मुहानहरूको जानकारी प्राप्त ग¥यो । यसपछि पानीका मुहानहरू बन्द गरेर नेपाली सेनाका कमाण्डर जनरल वडाकाजी अमरसिंह थापालाई मलाउको किल्लाभित्र घेराउमा पा¥यो । यसै असहज स्थितिमा व्रिटिश जनरल अक्टरलोनीले सुलहका लागि एक नयाँ प्रस्ताव अगाडि सारे ।

यति बेलासम्म कम्पनी सरकारको उद्देश्य आफ्नो व्यापार विस्तारका लागि नेपालमाथि प्रभाव कायम गर्ने सम्ममै सीमित थियो । यस युद्धमा नेपाली सेनाको बहादुरी र इमानदारी देखेपछि कम्पनि सरकारको अर्को स्वार्थ थपियो– आफ्नो साम्राज्यविस्तारका लागि यो वा त्यो रूपमा नेपाली सेनाको प्रयोग । यसै अनुरूपको अक्टरलोनीले प्रस्ताव बनाएर अमरसिंह थापा समक्ष प्रस्तुत गरे । यस प्रस्तावले काजी अमरसिंह थापा र काजी रणजोर सिंह थापाको सुरक्षित पलायनको बाटो खुला ग¥यो । कम्पनीको सेनामा भर्ति हुन चाहने नेपाली सैनिकहरूलाई त्यसमा भर्ति हुने ढोका खोल्यो । भर्ति हुन नचाहनेहरूलाई युद्धबन्दीको व्यवहार गर्ने त्यस प्रस्तावमा उल्लेख थियो । यसै प्रस्तावका आधारमा एक सहमति पत्र बन्यो । गोर्खा भर्तिको नालीबेलीका विश्लेषक झलक सुवेदीको ‘ब्रिटिस सेनाका नेपाली मोहरा’ शीर्षक कृतिमा उक्त सहमति पत्रलाई यसरी प्रस्तुत गरिएको छ ।

‘काजी अमरसिंह थापा र काजी रणजोर सिंहको सम्मान र सुरक्षाका लागि भनेर तोकिएकाहरू बाहेक नेपाली सेनामा सेवा गरिरहेका सवै जवान तथा अधिकृतहरूलाई यदि स्वीकार्य छ र बेलायतले तिनको सेवा स्वीकार्छ भने व्रिटिश सरकारको सेवामा प्रवेश गर्ने स्वतन्त्रता हुनेछ । अनि त्यस्तो सेवामा जान नचाहनेहरूका हकमा भने दुई देशका विचमा शान्ति स्थापना नहोउन्जेलका लागि बेलायत सरकारले निश्चित भत्ता उपलव्ध गराउने छ ।’

यस सहमतिमा सन् १८१५ मई १५ का दिन कम्पनि सेनाका कमाण्डर अक्टरलोनी र नेपाली सेनाका कमाण्डर अमरसिंह थापाले हस्ताक्षर गरे । कम्पनी सरकारका गभर्नर लर्ड मोइराले औपचारिक स्वीकृति दिएपछि युद्धबन्दी मध्येका झण्डै १५ सय नेपालीहरू व्रिटिश सेनामा प्रवेश गरे । बलभद्र कुँवरले कम्पनी सरकारको सेना समक्ष आत्मसमर्पण गर्नुभन्दा यसको विरोधमा रहेका पञ्जावका राजा रणजीत सिंहको सेनामा आफ्नो सेवा समर्पित गर्न उचित छ भन्ने ठानेर लाहोरतिर लागे । त्यतिबेला पञ्जावको राजधानी लाहोर भएको हुनाले पञ्जावी सेनामा बलभद्र कुँवरसँग केही नेपाली सेना सामेल भएको हुनाले, त्यसपछि विदेशी सेनामा भर्ति हुने सबै नेपाली सैनिकहरूलाई लाहुरे भन्न थालियो र ब्रिटिस भारतको सेनामा भर्ति भएका नेपालीहरू पनि नेपालभित्र लाहुरे भनेर चिनिन थाले । यसरी बलभद्र कुवर र उनका सहयोगीहरु पञ्जावी सेनामा समाबेश र अमर सिंह थापाले सहमति पत्रमा हस्ताक्षर गरेपछि महाकाली नदीदेखि पश्चिमका नेपाली किल्लाहरू ढले र कुमाउ गढवाल कम्पनी सरकारको अन्तर्गत हुन पुग्यो । पश्चिमका किल्लाहरू ढले पनि पूर्वतर्फ युद्ध थामिएन । १८१६ को फरवरी २९ सम्ममा कम्पनीका सेनाहरु मकवानपुर गढीबाट धेरै अगाडि बढे पनि बर्षा लाग्दा नेपाली सेना आक्रामक रुपमा अगाडि बढ्न सक्ने संभावना प्रति कम्पनी सरकार सतर्क थियो । यसैले बर्षा लाग्नु भन्दा पहिले नै अंग्रेजहरु सुलह चाहन्थे ।

यस युद्धका सम्बन्धमा पं. जवाहरलाल नेहरु लेख्नुहुन्छ– “नेपालका गोरखाहरु ज्यादै उच्च कोटीका सिपाही थिए । इष्ट इण्डिया कम्पनीका कुनै पनि फौजीभन्दा असल नभए तापनि बराबरीमा अवश्य थिए । यद्यपि फौजको संगठन पूर्ण रुपमा सामन्ती थियो । तर पनि उनीहरु आफ्नो देशका लागि ज्यान छाडेर लडिरहेका थिए । अंग्रेजहरुले उनीहरुबाट हैरानी खाए ।” यस उद्धरणले पनि यही देखाउछ, नेपाली सेनाको मनोवलका अगाडि अंग्रेजी सेनाका संचालकहरु नत मस्तक थिए । नेपालीहरुलाई आफ्ना डा“डा, पाखा, पखेराहरुसंग माया थियो, लेक बेसी र खोल्सी खोल्साहरुसंग ममता थियो, जतिसुकै मलेरिया ग्रस्त भए तापनि त्यसवेलाको तराइ क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको चारकोशे झाडीसंग उनीहरु परिचित थिए । यी सबै कारणहरुले गर्दा अंग्रेजी सेना नायकहरुलाई युद्धलाई छोटयाउन पर्ने विवशताले पिरोल्न थाल्यो ।

त्यतिबेला कम्पनी सरकारको प्राथमिकतामा नेपालको तराइ भन्दा दक्षिण भारतको महाराष्ट्र र पश्चिमको पंजाव र अफगानिस्तान रहेको हुनाले नेपालप्रति उनीहरूले केही लचकता अपनाए । नेपालसँग मैत्री सम्वन्ध हुँदा नेपाल र नेपाल हुदै तिव्वतसम्मको व्यापारमा एकाधिकार कायम हुने, गोर्खा भर्तिद्वारा नेपाली युवाहरूलाई कम्पनीको सेनामा सामेल गर्न सकिने र भारतमा रेलवे लाइनको विस्तार गर्दा तराइको घना जंगलका सयौं वर्ष पुराना अग्राखहरू प्रयोग गर्न पाइने देखेपछि कम्पनि सरकार नेपालको तराइसम्बन्धी प्रस्तावमा राजी भयो । सन्धिका प्रस्ताबहरु तयार गरिए । युद्घ रोकियो । नेपालका प्रतिनिधि गजराज मिश्रले यस प्रस्तावमा नोभेम्बर २८ मा र कम्पनीको तर्फबाट कर्नेल पेरिस ब्रडसाले दिसेम्बर २ मा हस्ताक्षर गरेपछि यस प्रस्तावले सन्धि पत्रको रुप लियो । सन् १८१६ को मार्च ७ का दिन नेपालको सिमावर्ती भारतीय क्षेत्र सुगौली भन्ने ठाउँमा यो सन्धि सम्पन्न भयो । यस सन्धिको नाम सुगौली सन्धि राखियो । यसपछि कम्पनिका राजदूत नेपालमा स्थायी रूपमा बस्ने भए । उनको स्वीकृति बिना नेपालले कुनै पनि देशसँग सम्बन्ध राख्न नपाउने भयो । सिक्किमसँग कुनै समस्या परेमा कम्पनि सरकारको मध्यस्थतालाई नेपालले स्वीकार गर्न पर्ने सर्त कायम भयो । यी सबै प्रावधान सहितको सन्धिपत्रमा कम्पनी सरकारका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गरे । यसको ९ महिना पछि दिसम्बर ८ मा यसमा संसोधन गरियो र कम्पनी सरकारले राप्ती नदी देखि कोशीसम्मको तराइक्षेत्र फिर्ता गर्यो ।

सुगौली सन्धिको केही महिनापछि १९ वर्षको उमेरमा गीर्वाणयुद्ध विक्रमको मृत्यु भयो । जेठी रानी सिद्धीलक्ष्मी देवीलाई काजी भीमसेन थापाले सती पठाए । राजगद्दीका उत्तराधिकारी राजेन्द्र वीर विक्रमकी आमा गोरक्षराज्य लक्ष्मीको पनि यसको १४ दिनपछि मृत्यु भयो । राजगद्दीलाई १ दिन पनि खाली राख्न नहुने परम्परा भए पनि भीमसेन थापाले त्यसको पर्वाह गरेनन् । १७ दिनसम्म राजगद्दी खाली रह्यो । गीर्वाणयुद्ध विक्रमको मृत्यु भएको १८ दिनपछि तीनवर्षका बालक राजेन्द्र विक्रमलाई भीमसेन थापाले राजगद्दीमा राखे । गीर्वाणका दुवै रानी नभएका हुनाले बजै ललित त्रिपुरासुन्दरी नाबालक राजाकी संरक्षिका बनिन् । वास्तविक नायकका रूपमा भीमसेन थापा यथावत रहे ।

(जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा केही दिनमा बजारमा आउन लागेको गोविन्द ज्ञवालीको पुस्तक ‘नेपालको कथा’को इस्ट इण्डिया कम्पनीसँगको युद्ध र सुगौली सन्धि शीर्षकको पुस्तक अंश । जनताद्वारा एकसाथ ८ पुस्तक बजारमा आउँदैछ । त्यो मध्ये एक ‘नेपालको कथा हो ।)

‘काजी अमरसिंह थापा र काजी रणजोर सिंहको सम्मान र सुरक्षाका लागि भनेर तोकिएकाहरू बाहेक नेपाली सेनामा सेवा गरिरहेका सवै जवान तथा अधिकृतहरूलाई यदि स्वीकार्य छ र बेलायतले तिनको सेवा स्वीकार्छ भने व्रिटिश सरकारको सेवामा प्रवेश गर्ने स्वतन्त्रता हुनेछ । अनि त्यस्तो सेवामा जान नचाहनेहरूका हकमा भने दुई देशका विचमा शान्ति स्थापना नहोउन्जेलका लागि बेलायत सरकारले निश्चित भत्ता उपलव्ध गराउने छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…