नारायण थापा
भक्तपुर । बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि सुर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई स्वःआत्मरक्षा सिप प्रदान गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, युवाका साथै आवाज नेपाल, युवालय र ओरेक नेपालको आयोजनामा मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सिप प्रदान गरिएको हो ।
नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखी १९ वर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरी वडाका अन्य बालिकाहरुलाई पनि त्यो सिप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।
प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताउनुभयो ।
सम्मेलन कार्यक्रममा गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले सम्मेलनले घोषणापत्र समेत जारी गरेकाले त्यसका प्रभावकारी कार्यान्वयन हुन सके बालिका योन हिंसा न्युनिकरण र अन्य हुनसक्ने बताउनुभयो । अध्यक्ष बजगाईले बालबालिकाहरुको क्षेत्रमा राष्ट्रिय अन्र्तराष्ट्रिय संघसंस्थाहरुले विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको भएपनि त्यसले अझै परिणाममूखि नतिजा हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको अवस्थामा सरकारले महिला, बालबालिकाको क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।
सुर्यविनायक नगरस्तरिय बाल कल्याण समितिका संयोजक दिपक बिशुंंकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगर बाल कल्याण समितिका सचिव दिपेश विशुंके, युवाका साथ साथ आवाज नेपालका अध्यक्ष राजेश घिमिरे, सचिव श्रीकृष्णजंग थापालगायतले बालिका सक्षम हुन सकेमात्र मुलुक समृद्ध हुन सक्ने बताउनुभयो ।
बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ । प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुव्र्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानीकारक मान्यता भएकाले यस्तो कार्यको नियमन, नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ । साथै महिला, किशोरी र बालिकामैली नगरपालिका निर्माण गर्ने नीति समेत नगरपालिकाले अंगिकार गरेको जनाएको छ । सम्मेलनमा ११० बालिकाको सहभागिता रहेको थियो ।
सूर्यविनायक बालिका घोषणापत्र २०७५
१. पछिल्लो समय बालिकाहरूमाथि भइरहेका मानवता विरोधी जघन्य अपराधका घटनाहरूले हामी त्रसित भएका छौं । यसले हाम्रो मनोभावनामा गम्भिर आघात पु¥याएको छ । यसर्थ यस्ता घटनाहरू हुन नदिन, तत्काल दोषी उपर कडा भन्दा कडा कारर्वाही गर्न र पीडित तथा प्रभावित परिवारलाई राहत र पुनस्र्थापान गर्नका लागि यस क्षेत्रमा पनि तत्काल आवश्यक व्यवस्थाहरु गर्नका निम्ति हार्दिक अपिल गर्दछौं ।
२. यस क्षेत्रका बालिका तथा किशोरीहरु पनि नेपालका अन्य बालिका जस्तै बालविवाह, लैंगिक विभेद, महिनावारीको समयमा हुने छुवाछुत, शारीरिक तथा यौन जन्य दुव्र्यवहार र हिंसा, शारीरिक दण्ड–सजाय जस्ता समस्याहरुबाट पीडित रहेका छन् । तसर्थ यस्ता समाजिक कुसंस्कार र हानिकारक मान्यताहरूको अभ्यासहरूलाई नियमन र निषेध गर्न स्थानिय सरकारसँग आग्रह गर्दछौं ।
३. बालिका माथि हुने अधिकार हनन र शोषणको अन्त्य गर्न तथा उनीहरुको चौतर्फी विकास र संरक्षणका लागि बालिका तथा किशोरी सम्बन्धमा विशेष नीति सहित कार्यक्रमहरूको व्यवस्था गरी सुर्यविनायक नगरपालिकालाई बालमैत्री नगर बनाउन आग्रह गर्दछौं ।
४. बालिकाहरू सहित बालबालिकाको सेवा प्रवाह गर्दा संविधानको धारा ५१ को ञ को ५ ले सर्वोतम हितको व्यवस्थाको नीति अनुरुप सुर्यविनायक नगरपालिकाले मापदण्ड तयार गरी कार्य गराउनका लागि आग्रह गर्दछौं ।
५. हामी बालिकाहरू पिछडिनु भनेकोे अर्का पुस्ता पनि पछि पर्नु हो । तसर्थ हामीलाई विभिन्न क्षेत्रमा सशक्तिकरण गरी हाम्रो क्षमता अभिवृद्धिको लागी अनुरोध गर्दछाँै । साथै हामीलाई हाम्रो आत्मबल र आत्म विश्वास बढ्ने कार्यक्रमा सहभागी गराउनका लागी आव्हान गर्दछाैँ।
६. बालिकाहरू माथि गरिएको लगानी खर्च हो भन्ने बुझाईलाई परिवर्तन गरी हाम्रो हितको लागी स्थानीय सरकार सुर्यविनायक नगरपालिकाबाट कम्तिमा १० प्रतिशत बजेट र तदनुरुपको कार्यक्रम हामी बालबालिकाकै सहभागितामा बालभेलामार्फतव् यवस्था गर्न आग्रह गर्दछौंँ।
७. बालदुव्र्यवहार, बालहिंसा, बालश्रम, बालविवाह र अन्य समाजिक कुरीतिका विषयहरूको छलफल विद्यालय स्तरमा भयो भने हामी बालिकाहरू सचेत रहन सक्छाँै । तसर्थ यस्ता विषयहरू पाठ्यक्रममा समावेश गर्न गराउनहुन अनुरोध गर्दछाैँ ।
८.प्रत्येक विद्यालयहरूमा किशोरी मैत्री शौचालय निर्माण गरियोस र सेनिटरी प्याडनिःशुल्क रुपमा उपलब्ध गराइयोस ।
९. हाम्रो अर्थपूर्ण सहभागिता नै हाम्रो चौतर्फी विकासको आधार हो । यसैलाई मध्यनजर गर्दै बालसरोकारका सबै क्षेत्रमा हाम्रो सहभागिता सुनिश्चितका लागी आग्रह गर्दछाँै ।