वाणिज्य बैंकको बिजनेस मिट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यवसाय वृद्धिका लागि रणनीति तय गर्न बिजनेस मिट गरेको छ । सौराहमा भएको मिटमा बढी कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रबन्धक सहभागी थिए ।

कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप, कर्जा, ईबैंकिङ, गैर कोषमा आधारित व्यवसाय वृद्धिका बारे छलफलपछि रणनीति तय गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसञ्जाल ठूलो भएकाले बजारलाई नै नेतृत्व दिनु पर्ने दायित्व रहेको बताउनु भयो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरु केशवप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरु, क्षेत्रीय प्रबन्धकहरु कार्यक्रममा सहभागी थिए । बैंकको ७४ जिल्लामा २ सय ८ शाखा, १ सय ६५ एटिएम र ९३ शाखा रहित बैंकिङ सेवा छ । १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…