‘समात्न खोज्दै थियौँ, पूजा हामफालिन्’

खेम बम/भीम चौधरी

काठमाडौं । घर कञ्चनपुर–बेलौरी । १७ वर्षीया पूजा चौधरी । क्याम्पसको हाफ छुट्टी हुन करिब ५ मिनेट बाँकी थियो । समय १ बजेर ४० मिनेट बितेको थियो । विद्यार्थी क्याम्पसको चौरमा रमाइलो गफमा थिए । पूजा एक्लै छतमा थिइन् । तर, अरु दिन जस्तो उनको अनुहारमा कान्ति थिएन । लाग्थ्यो उनी निकै दुःखी छिन् । साथीहरुले सधैँझै देखेका थिए उनलाई । सोध्ने कुरै भएन के भइरहेको छ पूजालाई !

साथीहरु गफमै थिए । पूजा भने हाम फाल्नका निम्ति तयार भइसकेकी रहिछन् । एकजना छात्र कराए पूजा पूजा…. तर उनले फर्केर हेरिनन् । क्याम्पसमा एकै पटक हल्ला मच्चियो पूजा त हाम फाल्दैछिन् । सबै जना तलमाथि गर्दै उनलाई बचाउने प्रयासका लागे । जीवनलाई नै अन्तिम गर्न आटेकी उनलाई कसैको कुराले छोएन । अन्ततः हाम फालेर छोडिन् । कैलालीको सुदूरपश्चिम एकेडेमीमा कक्षा ११ मा अध्ययनरत छात्रा पूजाले तीन तला माथिबाट हाम फालेपछि क्याम्पसका प्रध्यापक र विद्यार्थी आत्तिए । तीन तलाबाट हाम फालेपछि पूजा बाँच्ने त कसैले कल्पना गरेका थिएनन् । हतार–हतारमा उनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याइयो र अहिले उनको उपचार भइरहेको छ ।

के थियो हाम फाल्नुको कारण ?
पूजाले हाम फाल्नुको कारण यही हो भने खुल्न बाँकी छ । उनका साथीहरुका अनुसार उनी आफ्नै घरायसी कारणले ‘डिप्रेसन’मा थिइन् । आमाबुवाको दैनिक झगडाले उनलाई विरक्त बनाएको थियो । मन मिल्ने केही साथीहरुलाई उनले धेरैजसो घरको तनावले आफूलाई निकै सताएको बताएकी थिइन् । पूजाका साथीका अनुसार–‘म एक दिन मर्छु घरपरिवारमा सधैँको झगडाले विरक्त भएकी छु ।’ कञ्चनपुरको बेलौरी घर भएको पूजा धनगढी उपमहानगरपालिका–२ मा भाडामा बस्दै आएकी छन् । क्याम्पसका सह प्रध्यापक धर्मराज भट्टका अनुसार उनी कक्षामा पनि अरु जस्तो स्फूर्तिमा देखिन्थिनन् । शिक्षकलाई उनको व्यक्तिगत समस्याका बारेमा जानकारी नभएतापनि हाम फाल्दा बचाउने प्रयास गरेको तर सफल नभएको प्रध्यापक भट्टले बताउनुभयो ।

कस्तो छ अवस्था ?
कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत पूजाको होस् खुलेको छ । उनको अवस्था सामान्य रहेको छ । दाँया खुट्टाको घुँडामूनि चोट लागेको छ । बाहिरी रुपमा चोट नदेखिएपनि भित्रि चोट रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पैतला थचारिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…