बैकुण्ठ दास काठमाडौंबाट पक्राउ

जनकपुर । सरकारी जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाइ बिक्री गर्ने गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका जनकपुरधामका रत्नसागर कुटीका (महन्थ बैकुण्ठ तिवारी)बैकुण्ठ दासलाई धनुषा प्रहरीले बिहिवार सार्वजनिक गरेको छ । धनुषा प्रहरीले बिहिबारै दिउँसो १२ वजे जनकपुरधाम ल्याएर दासलाई पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो ।

जनक हजारी विद्यापीठ जनकपुरको भोग कायम भइ गुठी संस्थानको नाममा दर्ता रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को सिट नम्बर १३५४—१४ किता नम्बर ६२ को क्षेत्रफल ०—२—११ र सिट नम्बर १३५४—१५ किता नम्बर २८ को क्षेत्रफल २—८—१४ भएको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई उनले आफनो हो भनी बेचबिखिन गरेको आरोपमा जनक हजारी विद्यापीठका पधानाध्यापक विजय कुमार चौधरीले जिल्ला अदालत धनुषामा दास विरुद्ध सरकारी कागज किर्ते मुद्दा गर्नुभएको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरे पश्चात फरार रहेका दासलाई काठमाडौंको बागवजार स्थित होटल तिरुपतिबाट वुधबार साँझ पक्राउ गरिएको थियो । दासले किर्ते छाप र कागज बनाइ सो जग्गा अशोक कुमार शर्माको हकमा कायम गरेर बिक्रिवितरण गरिरहेको कुरा अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…