आदित्यनाथ आउने भएपछि रामजानकी विवाहपञ्चमीको भव्य तयारी

धनुषा । जनकपुरधाममा सात दिवसीय रामजानकी विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन जानकी मन्दिरद्धारा तीव्र तयारी भइरहेको छ । जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभएको छ । महोत्सव मंसिर २१ गतेदेखि २७ गतेसम्म हुँदैछ ।

मंसिर २१ गते जनकपुर नगर दर्शन, २२ गते फूलवारी लिला, २३ गते धनुष यज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते स्वयम्बर र विवाह तथा २७ गते रामकलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ । नगरदर्शनमा रामजानकीलाई जनकपुरधामभरी घूमाइनेछ भने फूलवारी लिलामा रामजानकीको फूलवारीमा पहिलो भेट गराइने तयारी भइरहेको छ । धनुषयज्ञमा विभिन्न राजाको प्रतिक बनाएर सभामा बसाइनेछ र त्यहाँ भगवान रामले धनुष तोडने कार्यक्रम रहेको छ । राममन्दिरको प्राङ्गणमा तिलकोत्सव गरिनेछ । त्यहाँ जानकी मन्दिरबाट पाहुर ल्याइनेछ । सो क्रममा जानकी मन्दिर र राम मन्दिरका महन्थले समधी मिलान गर्ने छन । मटकोरमा विहेको लागि वेदी बनाउने गंगासागरबाट माटो ल्याइने छ । विवाह दिन रंगभूमि मैदानमा स्पम्बर गरिनेछ भने राती वैदिक परम्पराअनुसार विहे गराइने छ । अन्तिम दिन जानकी विवाहमा आएका जन्ती र राम, लक्ष्मण भरत शत्रुधनलाई एक ठाउँमा राखेर भोजन गराइने कार्यक्रम रहेको छ ।

विवाहपञ्चमीलाई लिएर जानकी मन्दिरलाई फूल तथा विद्युतीकरणको माध्यमले सजाइँदैछ । विवाहमा जन्तीको रुपमा सहभागी हुनका लागि साधुहरु यसपटक हात्ती, घोडा, उँट लिएर आइरहेको दासले बताउनुभयो । विवाहपञ्चमीलाई व्यवस्थित पार्नका लागि १० वटा मञ्च बनाउने तयारी भइरहेको छ । विवाहपञ्चमी महोत्सवमा कूल २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको महन्थ दासले जानकारी दिए । राम जानकी विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुुर आइरहेका कारण पनि भव्यता दिन लागिएको उहाँको भनाइ छ । मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना पश्चात रंगभूमि मैदानमा आयोजना हुने स्वयंभर कार्यक्रममा सहभागी हुनु हुनेछ ।

स्वयंभर अवलोकन गर्न योगीका लागि निर्माण गरिएको मञ्च २२५ वर्ग फिट क्षेत्रफलको हुने बताउँदै महन्त दासले स्वयंभर हुन लागेको बेला हेलिकप्टरबाट पुष्पवृष्टीको तयारी गरिएको जानकारी दिनुभयो । मुख्यमन्त्री योगीका साथै विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट पाँच सयको संख्यामा विशिष्ठ साधुसन्तहरु जन्ती बनेर जनकपुर आउन लागेको महन्त दासले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…