‘उद्योग र पर्यटनबाट मात्रै मुलुक समृद्ध’

पुष्पराज अधिकारी

हेटौंडा । प्रदेश ३ का उद्योग पर्यटन तथा वन वातावरणमन्त्री अरुण नेपालले उद्योग, पर्यटन र जलस्रोतको विकास नगरेसम्म मुलुक समृद्ध नहुने बताउनुभएको छ ।

मुलुकको समृद्धिका लागि पहिलो खुड्किलो उद्योग र पर्यटन नै भएको भन्दै उत्पादन मुलुक क्षेत्रमा लगानीको बताबरण बनाउँन सरकार तयार रहेको बताउनुभयो । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५५ अाैं वार्षिकोत्सवको उदघाटन गर्दै मन्त्री नेपालले प्रदेशमा लगानी भित्र्याउन सरकार सबैसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
उहाँले प्रदेश अन्तरगत रहेका औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा हुनुपर्ने बताउँदै त्यसको लागि संघीय सरकारलाई अनुरोध गरेको बताउनुभयो । प्रदेश ३ मा ४ औद्योगिक क्षेत्र छन् ।

अमेरिकाको सहयोगमा २०२० साल मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्र ३ हजार १ सय १९ रोपनी जमिन रहेको छ । सुरक्षाको वातावरण सवल रहदा अहिले मुलुककै ठूलो औद्योगिक क्षेत्रमा १ सय १ उद्योग संचालित छन् । ३१  निर्माणाधिन अवस्थामा छन् । ३ उद्योग भने बन्द भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष नन्दकिशोर वस्नेतले अहिलेकै नीतिको आधारमा मुलुकमा लगानीको वातावरण नरहेको बताउनुभयो । बाझिएको नीतिका कारण लगानीको वातावरण नबनेको भन्दै प्रदेश र केन्द्र सरकारले उद्योग नीतिलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले मुलुकमा लगानीको वातावरण बनाउन सके ठूला लगानी अहिले पनि औद्योगिक क्षेत्रमा लगानी गर्न तयार रहेको उहाँको भनाई छ ।

कार्यक्रममा औद्योगिक क्षेत्रमा लामो समय काम गरेका र वर्षभरी उत्कृष्ट काम गरेका कर्मचारीलाई सम्मान गरियो । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष माधव अधिकारी, उद्योग संघ हेटौडाका अध्यक्ष नवराज अर्याल,उद्योग पर्यटन मन्त्रालयका सचिव शिवकुमार वाग्ले, हेटौडा औंधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक नेपाल भुषण वैधले मन्तव्य व्यक्त गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…