इपीएलको ट्रफी सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक ईपीएलले आज शनिबारबाट सुरु हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको हो । ईपीएल ट्रफी सहभागी ६ टोलीका कप्तानहरुले सार्वजनिक गरेका हुन । प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकम भने खुलाईएको छैन ।

ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन । दोस्रो दिनबाट एकै दिन दुई खेल हुने आयोजकले जनाएको छ । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ ।

यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…