बच्चाले लाइटर खेलाउँदा घर जलेर नष्ट

हुमाकान्त पोखरेल

गुल्मी । रेसुङ्गा नगरपालिका २ धागीथुमका चुराबहादुर कुवंरको घरमा आगलागी भएको छ । आगोले कुवंरको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । बिहिबार दिउँसो साढे ३ बजे आगलागी भएको हो ।

लाइटर खेलाइरहेका ४ वर्षीय छोरा रिजन कुवंरले बिस्तारामा आगो लगाएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताउनुभयो । आगोलागी पीडित कुवंरको घरसंगै धेरै मात्रामा खाद्यान्य, लत्ता कपडा र अन्य उपभोग्य सामग्री गरेर प्रारम्भिक करिव सात लाखको क्षति भएको बस्नेतले जानकारी गराउनु भयो ।

आगो नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले दमकलको सहायकताले करिव दुई घण्टामा नियन्त्रणमा आएको थियो । बिरभद्र जंङ्ग गुल्मको नजिकको घटना भएकाले नेपाली सेनाले टोलीले केही भौतिक सम्पति पनि जोगाउन सफल भएको मेजर जनमतबहादुर कार्कीले बताउनु भयो ।

 पीडत परिवारको आफन्तकोमा व्यावस्थापन गरिएकाले आवश्कताका आधारमा नगरपालिकाले पनि राहत उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…