आवश्यक रुख काटिन्छ, विमानस्थल बन्छः नेपाल

बारा, निजगढ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल विमानस्थल निर्माण सम्बन्धमा अन्तिम रिपोर्ट सरकारलाई बुझाउने तयारी भएको बताउनु भएको छ ।

अन्तराष्ट्रिय श्रम, सम्बन्धन समिति अन्तर्गत नागरिक उड्डयन अनुगमन उपसमितीको टोली निर्माणपछि प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल क्षेत्र स्थलगत अनुगमनपछि आयोजित अन्तरक्रियामा नेता नेपालले भन्नुभयो, ‘विमानस्थल बनाउन २४ वर्षसम्म पेपर तयार मात्रै गरियो, रिपोर्टको चाङ छ तर अब विमानस्थल यहीँ बन्छ ।’

टााङ्गिया बस्ती स्थानान्तरणका विभिन्न विकल्प आएको बताउदै नेपालले स्थानीयको सहयोग महत्पूर्ण रहने बताउनुभयो । ‘एसियाकै हबका रुपमा विमानस्थल बनाउन लागिपरेका छौँ,’ नेपालले भन्नुभयो, ‘थाइल्याण्डको बैंककको विमानस्थलको विकल्पको रुपमा निजगढमा विमानस्थल बन्न लागेको छ ।’

नेपालले आवश्यक रुखमात्र काटिइने बताउनु भयो । संसदीय उपसमितिका सदस्य दिव्य राजभण्डारीले विकास हुदा केही विनास हुने तर ‘रिप्लान्टेसन’ गर्नुपर्ने बताउनु भयो ।

निजगढ नगरपालिकाका प्रमुख सुुरेशकुमार खनालले विमानस्थल बन्दै गर्दा एयरपोर्ट सिटी निर्माण गर्ने काम गरिए मान्य नहुने बताउदै त्यहाँ लाग्ने खर्च आसपासका नगरपालिकालाई स्मार्ट र मेघा सिटीका रुपमा विकास गर्न आग्रह गर्नुभयो । टोलीले विमानस्थल निर्माणस्थलको टाङ्गियाबस्तीसहित पसाहा खोला तटबन्धन र आसपासका बस्ती स्थलगत निरीक्षण गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…