मदिराको स्टीकरमै करोडाैं भ्रष्टाचार

काठमाडौं । मुलुकमा उत्पादित मदिरामा टाँस्ने स्टीकरमै करौडौ रुपैयाँ व्यापार भ्रष्टाचार हुने गरेको रहस्य खुलेको छ ।
मदिरा उद्योगलाई स्टीकर राजश्व विभागले दिनेगर्छ । राजश्वले अन्तशुल्क स्टीकर  विदेशी छपाएर ल्याउने गरेको छ ।

नेपालका छपाई कम्पनीले स्टीकरमा घोटाला गर्न मुलुकमा नछपाएर विदेश लग्ने गरेको आरोप लगाउँदै आएका छन् । राजश्वले मदिरा स्टीकर इन्डोनेसियामा छाप्ने गरेको छ । नेपाली कम्पनीले स्टीकरमा व्यापक अनियमिता भएको जनाउँदै संघीय संसद सार्वजनिक लेखा समितिमा उजुरी गरेपछि भ्रष्टाचारको पोल खुलेको हो ।

स्टीकरमा भ्रष्टाचार भएको उजुरी आएपछि समितिले राजस्व सचिव शिशिरकुमार ढुंगानासँग शुक्रबार स्पष्टीकरण लिएको छ । सचिव ढुंगानाले भने नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्तशुल्क स्टीकर विदेशी कम्पनीलाई दिनुपरेको दाबी गर्नुभएको छ ।  अन्तशुल्क स्टीकर संवेदनशील वस्तु भएकाले विदेशीमा छाप्ने गरेको सचिव ढुंगानाको छ ।

मुलुकमा मदिरा स्टीकर बिक्रीबाट हरेकवर्ष करिब ६० अर्ब रुपैयाँ राजश्व उठ्ने गर्छ । गतवर्ष ५७ अर्व, ८७ करोड, २६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । राजश्वको कर्मचारीले स्टीकर बिक्री गरेर त्यसको रकम राजश्वमा दाखिला नगरी लुकाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार राजश्वका कर्मचारीले त्यसरी स्टीकरमा वर्षेनी करोडौ रुपैयाँ भ्रष्टाचार गर्दै आएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…